अमेरिकाबाट चीनका लागि उडेको विमान पाइलटकै कारण फर्काइयो, यस्तो छ कारण
वासिंटन । अमेरिकाबाट चीनका लागि उडेको विमानलाई पाइलटकै कारण फर्काइएको छ । करिब दुई हजार पाँच सय किलोमिटर यात्रा गरिसकेको अवस्थामा विमानलाई अमेरिकामै फर्काइएको हो ।
समाचार एजेन्सीहरूका अनुसार अमेरिकाको लस एन्जलसबाट चीनको साङ्घाइका लागि शनिबार उडेको विमानलाई फर्काएर अमेरिकाको सान फ्रान्सिस्कोमा अवतरण गराइएको हो । विमानमा २५७ यात्री सवार थिए ।
युनाइटेड एयरलाइन्सको फ्लाइट ‘यूए १९८’ विमानका पाइलटले आफ्नो राहदानी बोक्न बिर्सिएका कारण विमानलाई बाटोबाटै फर्काउनु परेको हो । पासपोर्ट नबोकेका कारण आफूले चीनमा प्रवेश नपाउने भएकाले पाइलटले विमानलाई बाटोबाटै अमेरिकातर्फ फर्काउनु परेको थियो ।
उक्त विमानका यात्रीलाई एयरलाइन्सले क्षतिपूर्तिस्वरुप खाना खुवाएको थियो । बिच बाटोबाटै फर्काएका यात्रीले विमान अवतरण गरिसकेपछि सान फ्रान्सिस्को विमानस्थलमै रहेको एउटा रेस्टुरेन्टमा खाना खाएका थिए ।
एयरलाइन्सले अर्को पाइलट व्यवस्थापन गर्दै साङ्घाइका लागि विमान पठाएको थियो । उक्त विमान निर्धारित समयभन्दा करिब ६ घण्टा ढिलो गन्तव्यमा पुगेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : दैनिक १ लाख ३३ हजार र पाक्षिक १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण