पतिले नै गराइदिए पत्नीको बिहे
लखनउ । पति–पत्नीबिच तेस्रो व्यक्तिको प्रवेशले आपराधिक घटना भएका उदाहरण पछिल्लो समय भारतमा प्रशस्त पाइन्छन् । प्रेमी वा प्रेमिकासँग मिलेर पत्नी वा पतिको हत्या गरेका समाचार प्रकाशमा आइरहेका छन् ।
यस्तो अवस्थाका बिच भारतमै एक पुरुषले आफ्नी पत्नीको विवाह गराइदिएको समाचार प्रकाशमा आएको छ । भारतको उत्तर प्रदेश राज्यस्थित बबलूले आफ्नै पत्नी राधिकाको विवाह गराइदिएका हुन् ।
बबलू दम्पतीका दुई सन्तान छन् । कामको सिलसिलामा बबलू घर बाहिरै रहने गर्दथे । यस बिचमा राधिकाले अर्कै एक युवकसँग प्रेम गर्न थालिन् । बबलूका परिवारले यो कुरा थाहा पाए । बबलू घरमा आएको मौका छोपेर परिवारले यसबारे जानकारी गराए ।
बबलूले पत्नी राधिकाले जे चाहन्छिन्, त्यही हुन्छ भनेर परिवार र समाजका सामु राधिकाको इच्छा सोधे । राधिकाले आफू प्रेमीसँगै बस्ने इच्छा राखेपछि बबलूले उनको विवाह गरिदिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण