शिक्षा मन्त्रालयले साईप्रसका ७ वटा विश्वविद्यालयका लागि मात्रै एनओसी जारी गर्ने
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले साईप्रसका ७ वटा विश्वविद्यालयका लागि मात्रै वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) जारी गर्ने भएको छ । वैदेशिक अध्ययन गर्न साईप्रस जाने नेपालीहरूका लागि साईप्रसका सात वटा विश्वविद्यालयका लागि एनओसी जारी गर्ने प्रस्ट पारेको हो ।
इजरायलस्थित नेपाली राजदूतावासले साईप्रसका विश्वविद्यालयहरूको अनुगमन गरेको थियो । सोही आधारमा प्रतिवेदन तयार पारेर सात वटा विश्वविद्यालयका लागि मात्रै एनओसी जारी गर्नु उपयुक्त रहेको जनाएको थियो ।
साईप्रसमा रहेका अन्य कुनै पनि कलेजहरूमा शैक्षिक स्तर मापदण्ड र शैक्षिक वातावरणका हिसाबले विद्यार्थीका लागि उपयुक्त नरहेको भनी परराष्ट्र मन्त्रालयले शिक्षा मन्त्रालयलाई जानकारी गराएको थियो ।
सोही आधारमा शिक्षा मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै सात वटा विश्वविद्यालयमा मात्र एनओसी जारी गर्ने जनाएको हो । ती बाहेक अन्य कुनै पनि कलेजहरूमा एनओसी जारी नगर्ने मन्त्रालयले प्रस्ट पारेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण