ठुलो परिमाणमा सुनका गहनासहित स्वयम्भूबाट एक जना पक्राउ
काठमाडौँ । अवैध रूपमा सुन ल्याएर तयार पारिएको गहनासहित काठमाडौँको स्वयम्भूबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका–५ घर भएर कलंकीमा बस्दै आएका दिपेशलाल चित्रकार छन् ।
प्रहरी वृत्त स्वयम्भूको टोलीले उनलाई काठमाडौँ महानगरपालिका–१५ स्वयम्भूस्थित आनन्दकुटीबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
आरोपीको साथबाट ठुलो परिमाणमा सुनका गहना बरामद गरिएको छ । उनको साथबाट नौगेडी ११ थान, सिङ्गल गेडी माला ७ थान, क्रिस्टल सहितको सुनको माला १३ थान, मङ्गलसूत्र ६ थान, सोली गेडी १ थान, टप ३ थान, क्लिप ९ थान सहित १४ प्रकारका गहना प्रहरीले बरामद गरेको छ ।
अवैध रूपमा आयात गरेको सुनलाई गहना बनाएर उनले बेच्ने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । प्रहरीसँग उनले भनेका छन्, ‘बङ्गालीहरूले ल्याएर दिएको सुनको गहना बनाएर बेच्न हिँडेको हुँ ।’
गहना बेच्न हिँडेको अवस्थामा मङ्गलवार पक्राउ परेका उनलाई प्रहरीले राजस्व अनुसन्धान विभाग हरिहर भवनमा बुझाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण