विद्यार्थीहरूको परीक्षामा कुनै अवरोध नगर्न शिक्षा मन्त्रालयको आग्रह
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कुनै पनि परीक्षामा अबरोध नगर्न अनुरोध गरेको छ। मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले एक विज्ञप्ति जारी गर्दै परीक्षा अत्यन्त महत्वपूर्ण विषय भएकोले यसलाई गम्भीरतापूर्वक लिन सबैमा आग्रह गरेका हुन् ।
परीक्षामा कुनै पनि प्रकारको असर पर्न नदिन शिक्षा मन्त्रालयले सबैमा अनुरोध गरेको हो । यतिबेला एसईई तथा स्नातक तहका परीक्षा संचालन भइरहेका छन् । ५ लाख १४ हजार ७१ जना विद्यार्थी सम्मिलित भई एसईई दिइरहेका छन्। आजको प्रदर्शनका कारण काठमाडौँमा परीक्षा दिएर घर फर्किने विद्यार्थी समस्या परेका थिए।
त्यस्तै विश्वविद्यालयका विभिन्न अध्ययन संस्थान तथा संकायबाट स्नातक तहका हजारौँ विद्यार्थी सम्मिलित भई परीक्षा सञ्चालन भइरहेको छ। लाखौँ विद्यार्थीको भविष्य निर्माणको एउटा महत्वपूर्ण कडीका रुपमा रहेको परीक्षा जस्तो संवेदनशील शैक्षिक गतिविधिलाई शान्तिपूर्ण र भयरहीत वातावरणमा सञ्चालन हुन दिनु देशका सप्पूर्ण नागरिकको कर्तव्य रहेको मन्त्रालयले जनाएको छ।
सम्पूर्ण परीक्षार्थीलाई परीक्षामा सम्मिलित हुने क्रममा सुरक्षित आवत जावत गर्न तथा ढुक्कसँग परीक्षा दिने लाखौँ विद्यार्थीको अधिकारलाई उपभोग गर्न सम्वन्धित सबै निकाय, शिक्षण संस्था, शिक्षक समुदाय, अभिभावक तथा आम समुदायलाई मन्त्रालयले आग्रह गरेका हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण