काठमाडौँको माकलबारीमा १ लाखको विवादमा युवकको हत्या, ६ जना पक्राउ
काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ स्थित माकलबारीमा एक लाख लेनदेनको विवादमा एक युवकको हत्या भएको छ ।
माकलबारीमा संचालित आरके मोटरसाइकल वर्कसपमा १९ वर्षीय राहुल साहको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
हत्यामा संलग्न आरोपमा प्रहरीले वर्कसप सञ्चालकसहित ६ जनालाई पक्राउ गरेको छ ।
गोकर्णेश्वरको बाहुनधारा बस्ने साह चैत ११ देखि सम्पर्कबिहीन थिए । चैत १५ मा हत्या गरेर वर्कसप पछाडिको जमिनका गाडेको अवस्थामा शव भेटिएको एसपी बोहराले जानकारी दिए ।
हत्यामा संलग्न आरोपमा पक्राउ पर्नेमा वर्कशप सञ्चालक सर्लाही घर भएका २२ वर्षीय निप मण्डल, १८ वर्षीय बिजय यादव, १८ वर्षीय करन कुमार महतो, २३ वर्षीय जोधन मण्डल, ४५ वर्षीय उत्तम मण्डल र भारत घर भएर दक्षिणढोका बस्ने २९ वर्षीय सुनिल शर्मा छन् ।
१ लाख १० हजार रुपैयाँ लेनदेन विवादमा उनको हत्या भएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले जानकारी दिए ।
साहले ग्यारेज सञ्चालक मण्डलसँग रकम लिनुपर्ने थियो । रकम लिन उनी वर्कसपमा पुग्छन् । मण्डलले पैसा दिन आनाकानी गरेपछि ‘पैसा नलिई जान्न’ भन्दै साह घण्टौँ वर्कसपमा बसेपछि उनीहरूको बिचमा विवाद भएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए ।
ती अधिकृतले भने, ‘साहले पैसा नलिई नजाने अडान राखेसँगै वर्कसपका कामदार र बाहिरबाट समेत थप व्यक्ति बोलाएर हत्या गरेको देखिन्छ ।'
हत्यामा संलग्न निपु, विजय र करन मुख्य आरोपी हुन् । जोधन मतियारको रूपमा देखिएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण