कुलमान र हितेन्द्रदेवको रिटमाथि आज पनि सुनुवाइ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा आज पनि सुनुवाइ हुँदै छ । मंगलबारदेखि न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा रिटमाथि सुनुवाइ भइरहेको छ।
मंगलबार उक्त रिटमाथि वरिष्ठ अधिवक्ताहरू दिनमणि पोखरेल, ललित बस्नेत, तुल्सी भट्ट, माधव बस्नेत, मेघराज पोखरेललगायतले बहस गरेका थिए । उनीहरूले सरकार पूर्वाग्रही भएर विधि र मान्यता विपरीत कुलमानलाई हटाइएको भन्दै तत्काल पुनर्स्थापना गर्नुपर्ने माग गरेका थिए ।
रिटलाई विशेष प्राथमिकता दिई सुनुवाइ सुरु भए पनि बहस नसकिएपछि उक्त मुद्दा हेर्दाहेर्दैमा राखी बुधबारका लागि अर्को पेसी तोकिएको थियो ।
गत चैत ११ गतेको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर उक्त पदमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध चैत १३ गते घिसिङ गैरकानुनी रूपमा आफूलाई हटाइएको भन्दै पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट रिट निवेदन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक विदा
-
एनओसी नलिइ अध्ययनका लागि भारत जाने विद्यार्थीको यकिन तथ्याङ्क छैन : शिक्षामन्त्री
-
व्यवस्थाविरूद्ध हुने गतिविधिको प्रतिवाद गर्ने सरकारको नीतिप्रति राप्रपाको आपत्ति
-
चीनको खिलाफमा नेपालको भूमि प्रयोग गर्न दिनुहुँदैन : सभापति देउवा
-
शहिद लखन गाउँपालिकाले दियाे उत्कृष्ट वडालाई ५ लाख पुरस्कार
-
सङ्घीयता सुदृढीकरणका लागि अन्तर प्रदेश सहकार्य आवश्यक छ : मुख्यमन्त्री आचार्य