कुलमान र हितेन्द्रदेवको रिटमाथि आज पनि सुनुवाइ
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा आज पनि सुनुवाइ हुँदै छ । मंगलबारदेखि न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा रिटमाथि सुनुवाइ भइरहेको छ।
मंगलबार उक्त रिटमाथि वरिष्ठ अधिवक्ताहरू दिनमणि पोखरेल, ललित बस्नेत, तुल्सी भट्ट, माधव बस्नेत, मेघराज पोखरेललगायतले बहस गरेका थिए । उनीहरूले सरकार पूर्वाग्रही भएर विधि र मान्यता विपरीत कुलमानलाई हटाइएको भन्दै तत्काल पुनर्स्थापना गर्नुपर्ने माग गरेका थिए ।
रिटलाई विशेष प्राथमिकता दिई सुनुवाइ सुरु भए पनि बहस नसकिएपछि उक्त मुद्दा हेर्दाहेर्दैमा राखी बुधबारका लागि अर्को पेसी तोकिएको थियो ।
गत चैत ११ गतेको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर उक्त पदमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध चैत १३ गते घिसिङ गैरकानुनी रूपमा आफूलाई हटाइएको भन्दै पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट रिट निवेदन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण