कुलमान र हितेन्द्रदेवको मुद्दामा आज तेस्रो दिनको सुनुवाइ हुँदै
बिहीबार, २१ चैत २०८१, १० : १२

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा आज तेस्रो दिनको सुनुवाइ हुँदैछ ।
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा मंगलबारदेखि न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा रिटमाथि सुनुवाइ भएको थियो ।
विशेष प्राथमिकता दिई सुरु भएको सुनुवाइमा यसअघि मंगलबार कुलमान र बुधबार हितेन्द्रका तर्फबाट कानुन व्यवसायीहरूले बहस गरेका थिए । यस्तै, बुधबार सरकारको तर्फबाट महान्यायाधिवक्ता रमेश बडालले बहस गरेका थिए।
आज सरकारी वकिल र हितेन्द्रका कानुन व्यवसायीहरूले बहस गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाको बहिस्कार र रास्वपाको बेल घेराउका बिच संसद् चलाइयो, तस्बिरहरू
-
इजरायलमाथि इरानले गरेको क्षेप्यास्त्र आक्रमणमा ५ जनाको मृत्यु
-
संसद्को कारबाही जबरजस्ती अगाडि बढाउन खोजियो : अध्यक्ष लिङ्देन
-
संसद् बैठक : राप्रपाको बहिस्कार, रास्वपाको नाराबाजी
-
राना थारू समुदायबाट पहिलो पटक अन्तर्राष्ट्रिय भलिबल कोर्ट पुगेका अशोक
-
परिवार र आफन्तसँग अलविदा भन्दै सम्पर्कविहीन भए डा.केशव श्रेष्ठ