अपडेट
प्रमुख प्रशासकीय अधिकृत गुरागाईँको हाजिर कापी नै बालेनको सचिवालयमा
बिहीबार, २१ चैत २०८१, १३ : १४
काठमाडौँ । काठमाडौँ महानरपालिका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको हाजिरी कापी नै मेयरको सचिवालयमा राखिएको छ । कर्मचारीहरूले जबरजस्ती कार्यकक्षमा प्रवेश गराए पनि हाजिर गर्न भने पाएका छैनन् ।
कर्मचारीको हाजिरी कापी नै मेयर बालेन शाहको सचिवालयमा राखिएको छ । जसले गर्दा उनी कार्यकक्षमा प्रवेश गरे पनि हाजिर भने गर्न पाएनन् । सचिवालयका एक सदस्यका अनुसार गुरागाईँ विवादमा आएदेखि नै हाजिरी कापी सचिवालयमा राखिएको थियो ।
‘केही समयदेखि नै हाजिरी कापी नै हामीसँग छ । आज पनि कार्यकक्षमा जबरजस्ती जानुभयो । हाजिरी गर्न दिइएको छैन । उस्तै पनि हाजिर बिहान १० बजे मात्रै हुन्छ,’ ती सदस्यले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण