निर्माता पौडेल भन्छन्, ‘टिकट काट्नु मार्केटिङ प्लान हो’
बिहीबार, २८ चैत २०८१, १६ : १०
काठमाडौंँ । पछिल्लो समय आफैले टिकट किनेर दर्शक भड्काएको आरोप निर्माता, निर्देशकलाई लाग्दै आएको छ । निर्माता बिनोद पौडेलले भने टिकट काट्नु मार्केटिङ प्लान भएको बताएका छन् । उनले सामाजिक संजालमा एक पोष्ट गर्दै यस्तो धारणा राखेका हुन् ।
पौडेल फिल्म ‘पूर्णबहादुरको सारङ्गी’का निर्माता हुन् । फिल्मले ४६ करोड ८० लाख ग्रस कमाइ गर्दै सबैभन्दा बढी ब्यवसाय गर्ने नेपाली फिल्मको रेकर्ड बनाएको छ । यो ब्यवसायको लागि पनि आफुले १०, १२ लाखको टिकट किनेको उनले बताएका छन् ।
‘इन्द्रेको बाउ चन्द्रेले फिल्म बनाए पनि २०/२५ लाखको त टिकट किन्नैपर्छ । १०/१२ लाखको त हामीले पनि किनेकै हो’, उनी अगाडि लेख्छन् ‘अब टिकट काट्नु पनि मार्केटिङ प्लान हो ।’
विनोदको कुरामा बिभिन्न कलाकारले सहमति जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण