निर्माता पौडेल भन्छन्, ‘टिकट काट्नु मार्केटिङ प्लान हो’
बिहीबार, २८ चैत २०८१, १६ : १०

काठमाडौंँ । पछिल्लो समय आफैले टिकट किनेर दर्शक भड्काएको आरोप निर्माता, निर्देशकलाई लाग्दै आएको छ । निर्माता बिनोद पौडेलले भने टिकट काट्नु मार्केटिङ प्लान भएको बताएका छन् । उनले सामाजिक संजालमा एक पोष्ट गर्दै यस्तो धारणा राखेका हुन् ।
पौडेल फिल्म ‘पूर्णबहादुरको सारङ्गी’का निर्माता हुन् । फिल्मले ४६ करोड ८० लाख ग्रस कमाइ गर्दै सबैभन्दा बढी ब्यवसाय गर्ने नेपाली फिल्मको रेकर्ड बनाएको छ । यो ब्यवसायको लागि पनि आफुले १०, १२ लाखको टिकट किनेको उनले बताएका छन् ।
‘इन्द्रेको बाउ चन्द्रेले फिल्म बनाए पनि २०/२५ लाखको त टिकट किन्नैपर्छ । १०/१२ लाखको त हामीले पनि किनेकै हो’, उनी अगाडि लेख्छन् ‘अब टिकट काट्नु पनि मार्केटिङ प्लान हो ।’
विनोदको कुरामा बिभिन्न कलाकारले सहमति जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा भारतीय आक्रमणबारे राष्ट्रपति ट्रम्पको प्रतिक्रिया: यो दुःखद हो
-
भारतले पाकिस्तानमाथि आक्रमण गर्नुको कारण के हो ?
-
आज कुन देशको मुद्राको विनिमयदर कति ? (सूचीसहित)
-
पाकिस्तानले भन्यो- भारतीय आक्रमणबाट तीन स्थानहरू प्रभावित
-
मध्यरातमा भारतद्वारा पाकिस्तानमा 'एयर स्ट्राइक', ९ स्थानलाई लक्षित
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप