हेड टु हेडमा बलियो तर यो सिजन लय गुमाएको हैदराबाद र पञ्चाबको भिडन्त
हैदराबाद । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८ औँ सिजनमा आज डबल हेडर (एक दिनमा २ खेल) खेलाइनेछ। दिनको दोस्रो खेलमा सनराइजर्स हैदराबादले पञ्जाब किंग्सको सामना गर्नेछ। खेल राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशाला, हैदराबादमा साँझ ७:४५ बजे खेलिनेछ।
आईपीएल २०२५ मा, पञ्जाबले ४ मध्ये ३ खेल जितेको छ र १ हारेको छ। जबकि, हैदराबादले केवल १ खेल जितेको छ भने ४ खेल हारेको छ।

हालसम्म हैदराबाद र पञ्जाबबिच २३ वटा आईपीएल खेल भइसकेका छन्। जसमध्ये १६ खेल हैदराबादले र ७ खेल पञ्जाबले जितेका थिए। यसैबिच, दुवै टोली राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा ९ पटक आमनेसामने भएका छन्। यसमध्ये हैदराबादले ८ खेल जितेको छ भने पञ्जाबले १ खेल मात्र जितेको छ।

हैदराबदका लागि हेनरिक क्लासेन सर्वाधिक रन बनाउने खेलाडी हुन्। उनले यस सिजनमा ५ खेलमा कुल १५२ रन बनाएका छन्। उनीपछि ट्राभिस हेड दोस्रो स्थानमा छन्। हेडले ५ खेलमा १८९.७ को स्ट्राइक रेटमा कुल १४८ रन बनाएका छन्। बलिङमा मोहम्मद शमीले टोलीका लागि ५ विकेट लिएर शीर्ष स्थानमा छन्।

पञ्जाब किंग्सका कप्तान श्रेयस अय्यर टोलीका सर्वाधिक स्कोरर हुन्। उनले ४ खेलमा जम्मा १६८ रन बनाएका छन्। सिजनको पहिलो खेलमा उनले गुजरात टाइटन्स विरुद्ध ४२ बलमा ९७ रनको अर्धशतकीय इनिङ खेले।
बलिङमा, अर्शदीप सिंह टोलीका लागि सर्वाधिक विकेट लिने बलर हुन्। उनले ४ खेलमा ६ विकेट लिएका छन्।

पिच रिपोर्ट
राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालाको पिच ब्याटिङमैत्री छ। यहाँ उच्च स्कोरिङ खेलहरू देखिन्छन्। यस रंगशालामा हालसम्म ८० वटा आईपीएल खेल खेलिएका छन्, जसमध्ये ३५ खेल पहिले ब्याटिङ गर्ने टोलीले जितेका छन् भने ४५ खेल पछ्याउने टोलीले जितेका छन्।
यहाँको उच्चतम टोली स्कोर २८६/६ हो, जुन हैदराबादले यस वर्ष राजस्थान रोयल्स विरुद्ध बनाएको थियो।

मौसम
शनिबार हैदराबादमा मौसम धेरै गर्मी हुनेछ। पानी पर्ने सम्भावना छैन। तापक्रम २४ देखि ३८ डिग्री सेल्सियसको बीचमा रहनेछ।
दुवै टोलीको सम्भावित प्लेइङ-१ज्ञ
सनराइजर्स हैदरावाद: प्याट कमिन्स (कप्तान), अभिषेक शर्मा, इशान किशन, नितिश कुमार रेड्डी, हेनरिक क्लासेन (विकेटकिपर), अनिकेत वर्मा, कामिन्दु मेन्डिस, सिमरजीत सिंह, जिशान अन्सारी, हर्षल पटेल, मोहम्मद शामी, ट्राभिस हेड।
पञ्जाब किंग्स: श्रेयस अय्यर (कप्तान), प्रियांश आर्य, प्रभसिमरन सिंह (विकेटकिपर), मार्कस स्टोइनिस, नेहल वढेरा, ग्लेन म्याक्सवेल, शशांक सिंह, मार्को यान्सन, अर्शदीप सिंह, लोकी फर्गुसन, युजवेन्द्र चहल, हरप्रीत ब्रार।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026