कर्तव्य ज्यान कसुरका फरार प्रतिवादी ३१ वर्षपछि पक्राउ
काभ्रेपलाञ्चोक । जिल्ला प्रहरी कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकले कर्तव्य ज्यान कसुरका फरार प्रतिवादीलाई ३१ वर्ष पछि पक्राउ गरेको छ ।
कर्तव्य ज्यान कसुरका फरार साविक नाग्रेगागर्चे गाविस वडा नम्बर ९ हाल चौरी देउराली गाउँपालिका वडा नम्बर २ दूतीका ५७ वर्षिय दान बहादुर प्रधानलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक एवं सुचना अधिकारी मिन बहादुर घलेले बताए ।
प्रहरीका अनुसार प्रधानले उत्तर बहादुर प्रधानलाई २०५० वैशाख १६ गते चक्कु प्रहार गरी फरार भएका थिए । खोजतलास गर्दै जाँदा प्रहरीले उनलाई हिजो (आइतबार) धुलिखेल नगरपालिका वडा नम्बर ७ बाट पक्राउ गरेको हो ।
जिल्ला अदालत काभ्रेपलाञ्चोकले प्रधानलाई २०७६ माघ २८ गते जन्म कैदको सजाय सुनाएको थियो । सजाय भुक्तानका लागि प्रधानलाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण