वर्षौपछि नाचघरमा फेरि ‘मुनामदन’

काठमाडौंँ । ऐतिहासिक गीति नाटक ‘मुनामदन’को फेरि मञ्चन सुरु भएको छ ।
सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरले नयाँ वर्षको अवसर पारेर सोमबारबाट नाटकको मञ्चन सुरु गरेको हो ।
वि.सं. २०३२ साल असार ५ गते पहिलो पटक मञ्चन भएको गीति नाटक ‘मुनामदन’ सांस्कृतिक संस्थानको इतिहासमा लगातार ६/७ महिना भन्दा बढी मञ्चन भई रजत जयन्ती मनाउन सफल नाटक हो । २० बर्षपछि यो फरि मञ्चनमा आएको हो ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको लेखन रहेको नाटक ‘मुनामदन’को अहिलेको निर्देशक माया थापा रहेकी छन् । रेखा कुमारी कटुवाल श्रेष्ठ, माया थापा, सुशिला थापा, रामभजन कामत, दिपेन्द्र बज्राचार्य, रोहित सुवेदी, नरेश प्रजापति, गीता थापा, विपिन घिमिरे, अक्कल पाख्रिनले अभिनय गरिरहेको नाटकमा मुनाको भुमिकामा सुशिला थापा, मदनको भुमिकामा विपिन घिमिरे, मदनका साथीहरू रोहित सुवेदी, नरेश प्रजापति, रामभजन कामत, आमाको भुमिकामा माया थापा, दिदीको भुमिकामा रेखा कुमारी कटुवाल श्रेष्ठ, नैनीको भुमिकामा गीता थापा,भोटेको भुमिकामा दिपेन्द्र बज्राचार्य, भोटेको साथीको भुमिकामा अक्कल बहादुर पाख्रिन, भोटेको छोराको भुमिकामा अनमदर्शि बज्राचार्य रहेका छन् ।
पहिलो पटक मञ्चन हुँदा यो नाटकमा संगीत नेपाल कलाभूषण चन्द्रराज शर्मा, स्वर स्वरसम्राट नारायण गोपाल, तारादेवी, गणेश रसिक, कमला श्रेष्ठ, मणिक रत्न, इन्द्रनारायण मानन्धर, कमल क्षेत्री, नविन किशोर राई, भुवन चन्द थापाको र निर्देशन गोविन्द प्रसाद तिमिल्सिनाको थियो ।
नाटकमा पहिलो अभिनय गर्ने कलाकारमा विमला श्रेष्ठ, कोकिल गुरुङ, श्याम प्रजापति, वसुन्धरा भुसाल, कृष्णा प्रधान, सुभद्रा अधिकारी, पुष्पलता तिखत्री, नारायण कृष्ण श्रेष्ठ, सरिता श्रेष्ठ, आशा रजपूत, टेकराज भारती, वेदकुमार, रामबहादुर, अर्जुन गुरुङ, गोपाल बस्नेत, भरतराज, दिलबहादुर र बालकलाकारमा मोहन गुरुङ र कुमारी शा रहेका छन् ।
झण्डै १५/२० वर्षदेखि श्रव्य सामग्री हराएर मञ्चन तथा प्रदर्शन हुन नसकेको नाटक जनमानसमा जिवन्त राख्न उत्खनन गरेर मञ्चन थालिएको संस्कृतिक संस्थानमा महाप्रबन्धक किरण बाबु पुनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अछामको साँफेहाट बजारमा भीषण आगलागी, १० वटा पसल पूर्ण रूपमा नष्ट
-
भन्सार छलीको सामानसहित ३ मोटरसाइकल बरामद
-
कांग्रेस नेता तथा पूर्वराज्यमन्त्री तीर्थराम डंगोलको निधन
-
सहकारी विभाग र प्रशिक्षण केन्द्रलाई मर्ज गर्दै सरकार
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थाेक मूल्य
-
रौतहटका स्थानीय तहको बेरुजु ११ अरब नाघ्यो