विशिष्ट व्यक्तिहरूको सम्पत्ति छानबिन पहलका लागि सभामुखलाई ध्यानाकर्षण
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले विशिष्ट व्यक्तिहरूको सम्पत्ति छानबिनको पहलको माग गर्दै सभामुखलाई ध्यानाकर्षण गराएको छ ।
पार्टीका महासचिव धर्मेन्द्र बास्तोला ’कञ्चन’ सहितका नेताहरू सिंहदरबारस्थित संसद् सचिवालयमै पुगेर प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाइएका हुन् ।
'शासनसत्ताको जिम्मेवारी लिएका राजनीतिकर्मी, सुरक्षा, प्रशासन तथा संवैधानिक क्षेत्रका उच्च तहकै व्यक्तिहरूको भ्रष्टाचारजन्य आचरणको कारण जनघात र राष्ट्रघात थोपरिँदै गएको छ र जनतामा निराशा र आक्रोश बढिरहेको छ' नेकपा (बहुमत) ले बुझाएको ध्यानाकर्षणमा उल्लेख छ ।
देश र जनताप्रतिको दायित्वबोधलाई गम्भीर आत्मसात् गरी विशिष्ट व्यक्तिहरूको सम्पत्ति छानबिनसम्बन्धी उच्चस्तरीय नागरिक छानबिन समिति गठन प्रक्रियामा सभामुखतर्फबाट यथाशीघ्र पहल गर्न मागसमेत गरिएको छ ।
सभामुख देवराज घिमिरेले नेकपा (बहुमत) ले उठाएको प्रश्न र प्रस्ताव गम्भीर र यथार्थपूर्ण रहेको स्वीकार गर्दै आफू यस विषयमा सकारात्मक रहेको धारणा व्यक्त गरे ।
उक्त भेटमा पार्टीका स्थायी समिति सदस्यहरू उदयबहादुर चलाउने ’दिपक’, दिपेन्द्र चलाउने ’संगम’, पोलिटब्युरो सदस्य सागर लिम्बूलगायत नेताहरूको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण