मङ्गलबार, ३० वैशाख २०८२
ताजा लोकप्रिय

महामन्त्री विश्वप्रकाशले दिए फिल्मको गीतमा संगीत

शुक्रबार, ०५ वैशाख २०८२, १४ : ५०
शुक्रबार, ०५ वैशाख २०८२

काठमाडौँ । समसामयिक सामाजिक तथा राजनीतिक विषयमा निर्माण हुन लागेको फिल्म ‘बिगुल’ को एउटा गीतमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संगीत दिएका छन् । रमेश कोइरालाको निर्देशनमा बन्ने फिल्मको ‘आउ यस्तो देश बनाऔँ’ बोलको गीत अनामनगरस्थित सायारेम स्टुडियोमा रेकर्ड गरिएको छ ।

चर्चित गायक राजेशपायल राईले स्वर दिएको गीतमा शब्द तथा संगीत महामन्त्री शर्माले दिएका छन् । ‘महामन्त्री शर्माले निकै सान्दर्भिक शब्द र मिठासपूर्ण संगीत सृजना गर्नुभएको छ,’ निर्देशक कोइरालाले भने, ‘बिगुल’ मा यो गीतको उपस्थिति निकै अर्थपूर्ण छ ।

कुशल राजनीतिज्ञका साथै गीत संगीतमा समेत निकै दख्खल राख्ने विश्वप्रकाश दाइको शब्द, सङ्गीतप्रति नतमस्तक छु ।’ उनले ‘बिगुल’ ले आम दर्शकमा मनोरञ्जनका साथै राष्ट्र र राष्ट्रियताका विषयमा चेतना जागृत गराउन प्रयत्न गर्ने बताए ।

म्याग्नेलिया ग्रुप प्रालिको ब्यानरमा निर्माण हुने ‘बिगुल’ मा नरेन खड्का, बेनिशा हमाल, रमेश बुढाथोकी, गीता अधिकारी, सुमोद भारद्वाजलगायतका कलाकार अनुबन्धित भइसकेका छन् । 

शिव ढकालले खिच्ने फिल्मको कथा दिनेश कोइरालाको हो भने पटकथा, संवाद मौनता श्रेष्ठले लेखेका छन् । वैशाख तेस्रो साताबाट सुटिङ सुरु हुने फिल्मका गीतमा विश्वप्रकाशका साथमा अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्मको निर्माण व्यवस्थापकमा श्याम केसी छन् । चितवनका विभिन्न स्थानमा खिचिने ‘बिगुल’ लाई एक बिचार, आवाज र एक वैचारिक क्रान्तिको संकेतका रुपमा अर्थ्याइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप