महामन्त्री विश्वप्रकाशले दिए फिल्मको गीतमा संगीत
काठमाडौँ । समसामयिक सामाजिक तथा राजनीतिक विषयमा निर्माण हुन लागेको फिल्म ‘बिगुल’ को एउटा गीतमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संगीत दिएका छन् । रमेश कोइरालाको निर्देशनमा बन्ने फिल्मको ‘आउ यस्तो देश बनाऔँ’ बोलको गीत अनामनगरस्थित सायारेम स्टुडियोमा रेकर्ड गरिएको छ ।
चर्चित गायक राजेशपायल राईले स्वर दिएको गीतमा शब्द तथा संगीत महामन्त्री शर्माले दिएका छन् । ‘महामन्त्री शर्माले निकै सान्दर्भिक शब्द र मिठासपूर्ण संगीत सृजना गर्नुभएको छ,’ निर्देशक कोइरालाले भने, ‘बिगुल’ मा यो गीतको उपस्थिति निकै अर्थपूर्ण छ ।
कुशल राजनीतिज्ञका साथै गीत संगीतमा समेत निकै दख्खल राख्ने विश्वप्रकाश दाइको शब्द, सङ्गीतप्रति नतमस्तक छु ।’ उनले ‘बिगुल’ ले आम दर्शकमा मनोरञ्जनका साथै राष्ट्र र राष्ट्रियताका विषयमा चेतना जागृत गराउन प्रयत्न गर्ने बताए ।
म्याग्नेलिया ग्रुप प्रालिको ब्यानरमा निर्माण हुने ‘बिगुल’ मा नरेन खड्का, बेनिशा हमाल, रमेश बुढाथोकी, गीता अधिकारी, सुमोद भारद्वाजलगायतका कलाकार अनुबन्धित भइसकेका छन् ।
शिव ढकालले खिच्ने फिल्मको कथा दिनेश कोइरालाको हो भने पटकथा, संवाद मौनता श्रेष्ठले लेखेका छन् । वैशाख तेस्रो साताबाट सुटिङ सुरु हुने फिल्मका गीतमा विश्वप्रकाशका साथमा अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत छ ।
कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्मको निर्माण व्यवस्थापकमा श्याम केसी छन् । चितवनका विभिन्न स्थानमा खिचिने ‘बिगुल’ लाई एक बिचार, आवाज र एक वैचारिक क्रान्तिको संकेतका रुपमा अर्थ्याइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण