जबरजस्ती निर्वासन मामिलामा न्यायाधीशले गरे ट्रम्प प्रशासनलाई गाली
वासिङ्टन डीसी । एल साल्भाडोरका युवा किल्मर अब्रेगो गार्सियालाई जबरजस्ती देश निकालाको मामिलामा अमेरिकाको एक सङ्घीय न्यायाधीशले ट्रम्प प्रशासनको कडा आलोचना गरेका छन् । प्रशासनले अदालतको आदेशलाई बेवास्ता गरिरहेको र कानुनी प्रक्रियामा अवरोध पुर्याएको अदालतले बताएको छ ।
एल साल्भाडोरको जेलमा झुक्किएर निर्वासित गरिएका मेरिल्यान्डका एक व्यक्तिलाई रिहा गर्न र अमेरिका फिर्ता ल्याउन चालेका कदमहरू खुलासा गर्न अस्वीकार गरेर प्रशासनले खराब नियतले काम गरिरहेको अदालतको भनाइ छ ।
विशेषाधिकारको अस्पष्ट र निराधार दाबीको आडमा प्रतिवादी ट्रम्प प्रशासन चुप रहेको पनि अमेरिकी जिल्ला न्यायाधीश पाउला जेनिसले भनिन् । अदालतको आदेश पालना गर्नबाट बच्न यसलाई प्रशासनले ढालको रूपमा प्रयोग गरेको भनिएको छ ।
विशेषाधिकारको कुनै पनि दाबीलाई समर्थन गर्न विशिष्ट कानुनी र तथ्यात्मक प्रमाणहरू आवश्यक पर्दछ । तर अधिकारीहरूले ‘बोइलरप्लेट’ दाबीहरूमाथि भर परिरहेको तर बाहानाबाजी सकिएको भन्दै जेनिसले प्रशासनलाई विवरण उपलब्ध गराउन बुधवार साँझ ६ बजेसम्मको समय दिएकी छिन् ।
अमेरिकी सर्वोच्च अदालतले लगभग दुई हप्ताअघि ट्रम्प प्रशासनलाई किल्मर अब्रेगो गार्सियालाई साल्भाडोरन जेलबाट अमेरिका फिर्ता गर्न आदेश दिएको थियो । ह्वाइट हाउसले यो दाबी अस्वीकार गरेको थियो ।
गल्तीले देश निकाला गरिए पनि उनलाई फिर्ता ल्याउन नसकिने ह्वाइट हाउसको भनाइ थियो । यो अब एल साल्भाडोरको हातमा रहेको भन्दै प्रशासनले कुरा पन्छाएको थियो । एल साल्भाडोरका राष्ट्रपतिले पनि अब्रेगो गार्सियालाई फिर्ता गर्ने शक्ति आफूसँग नभएको बताइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण