सरकारसँगको सहमतिपछि नेपाल शिक्षक महासङ्घको बैठक बस्दै
काठमाडौँ । नेपाल शिक्षक महासङ्घले बैठक आह्वान गरेको छ । सरकारसँग सहमति भएपछि महासङ्घले आज दिउँसो बैठक बोलाएको हो । महासङ्घ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले काठमाडौँमा उपलब्ध शिक्षक–कर्मचारीलाई बैठकमा आउन अनुरोध गरेका छन् ।
दिउँसो १२ बजे बानेश्वरमा रहेको रत्नराज्य माविमा बैठक बोलाइएको हो । नेपाल शिक्षक महासङ्घ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबिच हिजो ९ बुँदे सहमति भएको थियो । त्यस्तै विद्यालय शिक्षा ऐन जारी गर्ने विषयमा संसद्को शिक्षा समिति सभापति र प्रमुख दुई पार्टीका मुख्य सचेतकहरूले प्रतिबद्धता जनाएका थिए । सरकारसँगको सहमति र ऐन जारी गर्ने प्रतिबद्धता भएपछि महासङ्घले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको थियो ।
शैक्षिक हडताल र शैक्षिक सडक आन्दोलनका कार्यक्रम स्थगित गरिएपछि शिक्षकहरूले नै असन्तुष्टि जनाएका छन् । विद्यालय कर्मचारी, राहत शिक्षक, बाल विकास शिक्षकहरूभित्र असन्तुष्टि चुलिएको छ । उनीहरूले महासङ्घ र अध्यक्ष सुवेदीले धोका दिएको आरोप लगाएका छन् । त्यही विषयमा समीक्षा गर्नका लागि महासङ्घले बैठक बोलाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण