मेस्सी र स्वारेजको गोलसँगै इन्टर मियामीको सजिलो जित

काठमाडौँ । पछिल्ला तीन खेलमा एकपछि अर्को पराजय भोगेपछि लयमा फर्किएको इन्टर मियामीले मेजर लिग सकर (एमएलएस) मा भने सफलता हात पारेको छ ।
अमेरिकी व्यावसायिक लिग एमएलएसको आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले न्यु योर्क रेड बुल्सलाई ४–१ गोलको फराकिलो अन्तरले हराएको हो ।
इन्टर मियामीको सजिलो जितमा अर्जेन्टिनी स्टार लियोनल मेस्सी र उरुग्वेका प्रभावशाली खेलाडी लुइस स्वारेजले पनि एक–एक गोलको योगदान गरे ।
इन्टर मियामीको टोली यसअघि कनकाकाफ च्याम्पियन्स लिगको सेमिफाइनलको दुबै लेग खेलमा क्यानेडियन प्रतिद्वन्द्वी भानकुभर ह्वाइटक्याप्ससँग पराजित भएको थियो ।
यसैगरी, इन्टर मियामीको टोली एमएलएस अन्तर्गतको खेलमा पनि एफसी डालाससँग हारेको थियो । न्यु योर्क रेड बुल्सविरुद्धको खेलमा इन्टर मियामीका लागि पहिलो गोल फाफा पिकाउल्टले गरेका थिए ।
फाफाले खेल सुरु भएको नवौँ मिनेटमै स्वारेजको पासमा टोलीलाई अग्रता दिलाएका थिए । निर्धारित समयको ३०औँ मिनेटमा मार्सेलो विगान्टले इन्टर मियामीको अग्रता दोब्बर बनाएका थिए ।
यसैगरी, ३९औँ मिनेटमा स्वारेजले टोलीका लागि तेस्रो गोल थपेका थिए । निर्धारित समयको ४३औँ मिनेटमा न्यु योर्क रेड बुल्सका लागि एरिक म्याक्सिमले एक गोल फर्काएका थिए ।
निर्धारित समयको ६७औँ मिनेटमा इन्टर मियामीका लागि अर्जेन्टिनी स्टार मेस्सीले चौथो गोल थपेका थिए । इन्टर मियामी लिग तालिकाको चौथो स्थानमा आसिन छ । इन्टर मियामीले १० खेलबाट २१ अंक जोडेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन
-
भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश
-
‘एआईको प्रयोगले न्युज रुममा असर होइन, राम्रो गर्छ’
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने