रेशम चौधरी पक्राउबारे गृहमन्त्रीले २५ गते प्रतिनिधिसभामा जवाफ दिने
काठमाडौँ । वैशाख १७ गते सर्वोच्च अदालतका अधिकृत महिमानसिंह विष्टको नक्कली पत्रको आधारमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेकोबारे गृहमन्त्री रमेश लेखकले वैशाख २५ गते प्रतिनिधिसभामा जवाफ दिने भएका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले गृहमन्त्री लेखकले २५ गते प्रतिनिधिसभामा जानकारी दिने मौखिक जानकारी आएको बताए ।
आजको बैठकमा आकस्मिक र शून्य समयको कार्यक्रम सकिएपछि नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका सांसदहरूले जवाफ दिने समयको निश्चित नहुँदासम्म आफूहरूको विरोध जारी रहने बताएका थिए । संसदमा उनीहरू बोलेको सुनिन्थ्यो तर सभामुखले उनीहरूलाई बोल्न माइक भने दिएनन् ।
विरोध जनाउनुअघि नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले उनको पक्राउको निष्पक्ष छानबिनको माग गरेकी थिइन्।
उनीहरू उठेपछि सभामुख घिमिरेले आकस्मिक तथा शून्य समयमा उठाएका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण