जनताको सोचमा परिवर्तन आवश्यक : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले संविधान निर्माणदेखि राष्ट्र निर्माणसम्मको यात्रामा पूर्व सांसदहरूले ठुलो योगदान दिएको बताएका छन्। पूर्व सांसद मञ्च नेपालले आयोजना गरेको 'नेपालको वर्तमान अवस्था: चुनौती र समाधान' विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले देशमा थुप्रै सकारात्मक काम भए पनि त्यसको पर्याप्त मूल्यांकन नभएको गुनासो गरेका हुन्।
सभामुख घिमिरेले वर्तमानमा शासन प्रणालीप्रति प्रश्न उठिरहेका विषयमा गम्भीर बन्नु आवश्यक रहेको बताए। ‘व्यवस्था परिवर्तन भयो तर अवस्था परिवर्तन हुन सकेन,’ उनले भने, ‘अब जनताको सोचमा परिवर्तन आवश्यक छ।’
उनले २०४६ साल यता देशमा चार गुणा भन्दा बढी विकास भएको दाबी गर्दै व्यवस्थाको कारण अवस्थामा ठुलो परिवर्तन आएको र पूर्व सांसदहरूको भूमिका पनि उल्लेखनीय रहेको उल्लेख गरे।
कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले नेपालमा गणतन्त्र स्थापनासँगै जनताप्रति उत्तरदायित्वपूर्ण शासन व्यवस्था आएको बताए। उनले भने, ‘राजतन्त्रको विकल्प लोकतन्त्र हो, लोकतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन।’
चौरसियाले १० वर्षे जनयुद्ध, मधेस आन्दोलन, नाकाबन्दी, भूकम्प र कोभिडजस्ता कठिन परिस्थितिबिच पनि सरकारले विकास निर्माणको गति अगाडि बढाएको बताए। यद्यपि स्थानीय तह र प्रदेशमा अनावश्यक खर्च बढेकाले जनतामा असन्तुष्टि बढेको स्वीकार गर्दै उनले सरकार जनअपेक्षाअनुसार उत्तरदायी हुनुपर्ने बताए।
पूर्व सभामुख तारानाथ रानाभाटले चुनाव जितेर आएका जनप्रतिनिधिले जनताका लागि काम गर्न नसकेको गुनासो गरे। "भाषण गर्न सजिलो छ, तर व्यवहारमा काम देखिएको छैन," उनले भने।
उनले दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रको हितमा काम गर्न आग्रह गरे। स्रोतसाधन गाउँगाउँमा पुगे पनि कार्यान्वयनको अवस्था कमजोर रहेको उल्लेख गर्दै उनले पूर्व सांसदहरूलाई जनशक्तिका रूपमा प्रयोग गर्न सुझाव दिए।
कार्यक्रममा अर्थविद् चिरञ्जीवी नेपाल, शिक्षा विज्ञ डा. विद्यानाथ कोइराला, कानुनविद् टिकाराम भट्टराई, पूर्णमान शाक्य, प्रा. मञ्चला झा र कानुन विज्ञ विष्णुबहादुर राउतले आ–आफ्ना कार्यपत्र प्रस्तुत गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन