बुद्ध दर्शन अझै महत्त्वपूर्ण र आवश्यक बन्दै गएको छ : मुख्यमन्त्री आचार्य
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हामी नेपालीले लुम्बिनीबाट विश्वमा शान्तिको सन्देश फैलाउनुपर्ने बताएका छन् । सोमबार २५६९ औँ बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सो कुरा बताएका हुन् ।
उनले आजको दिनले शान्तिको सन्देश विश्व सामु फैलाउन र गौतम बुद्धले दिएका सन्देशलाई प्रचार–प्रसार गर्न सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना समेत गरे । मुख्यमन्त्री आचार्यले गौतम बुद्धको सन्देश र दर्शन अझै महत्त्वपूर्ण र आवश्यक बन्दै गइरहेको बताए ।
उनले फरक प्रसङ्गमा भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भए पनि नियमित उडान नहुँदा चिन्ता बढेको बताउँदै नियमित सञ्चालनमा सम्बन्धित पक्षले ध्यान दिनुपर्ने समेत बताए । उनले विमानस्थल सञ्चालन हुँदा लुम्बिनीको मुहार फेरिने र अन्तर्राष्ट्रिय पर्यटकहरूको आगमन बढ्ने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण