लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
बुधबार, ३१ वैशाख २०८२, ०९ : ०१

बुटवल । लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजदेखि सुरु हुँदै छ । प्रदेश सरकार मन्त्रिपरिषद्को यही वैशाख २५ गतेको बैठकले वैशाख ३१ गते अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख कृष्णबहादुर घर्तीसमक्ष सिफारिस गर्ने गरेको थियो ।
संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुख घर्तीले बैठक आह्वान गरेका हुन् । आजको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रबारे जानकारी दिने, प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउने कार्यसूची रहेको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।
आगामी जेठको पहिलो साता प्रदेश सरकारले नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्ने तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय गणतन्त्रको महत्त्वपूर्ण आयाम स्थानीय तह : पूर्वराष्ट्रपति भण्डारी
-
आमा बनिन् अभिनेत्री रुविना थापा
-
बाजुराको बाम्का बजारमा ग्यास सिलिन्डर विस्फोटपछि आगलागी, १६ बढी पसल जले
-
२८ दिनमा सकियो ‘मन बिनाको धन’ को सुटिङ
-
गण्डकीका दर्जनौँ कार्यालय खारेज गर्नुपर्ने अध्ययन समितिको सिफारिस, मुख्यमन्त्रीलाई बुझाइयो प्रतिवेदन
-
लेखकमाथि छानबिन गर्न संसदीय समिति कि न्यायिक आयोग ?