लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
शुक्रबार, ०२ जेठ २०८२, ०८ : ०६
बुटवल । लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशनको तेस्रो बैठक आज दिउँसो १ बजे बस्दै छ । प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरका अनुसार बैठकको सम्भावित कार्यसूचीमा तीन महत्त्वपूर्ण एजेन्डा समावेश छन् ।
पहिलोमा प्रदेश सभा सदस्यहरूले शून्य समयमा आफ्ना धारणा राख्नेछन् । दोस्रोमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश सामयिक कर सम्बन्धी विधेयक माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्नेछन् । साथै छलफलमा उठेका प्रश्नहरूको जवाफ समेत मन्त्री कार्कीले दिने कार्यसूचीमा समावेश गरिएको छ ।
यस्तै मन्त्री कार्कीले प्रदेश आर्थिक ऐन, २०८१ को अनुसूची–२ मा भएको व्यवस्था हेरेफेर गरिएको सम्बन्धी विवरण सभामा प्रस्तुत गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण