लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
शुक्रबार, ०२ जेठ २०८२, ०८ : ०६

बुटवल । लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशनको तेस्रो बैठक आज दिउँसो १ बजे बस्दै छ । प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरका अनुसार बैठकको सम्भावित कार्यसूचीमा तीन महत्त्वपूर्ण एजेन्डा समावेश छन् ।
पहिलोमा प्रदेश सभा सदस्यहरूले शून्य समयमा आफ्ना धारणा राख्नेछन् । दोस्रोमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश सामयिक कर सम्बन्धी विधेयक माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्नेछन् । साथै छलफलमा उठेका प्रश्नहरूको जवाफ समेत मन्त्री कार्कीले दिने कार्यसूचीमा समावेश गरिएको छ ।
यस्तै मन्त्री कार्कीले प्रदेश आर्थिक ऐन, २०८१ को अनुसूची–२ मा भएको व्यवस्था हेरेफेर गरिएको सम्बन्धी विवरण सभामा प्रस्तुत गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लोक सेवा आयोग हीरक महोत्सव तयारीमा व्यस्त’
-
जुनसुकै बेला जेसुकै हुन सक्छ, तयार भएर बस्नुहोस्: गृहमन्त्री
-
‘अपरेसन सिन्दूर’ को बारेमा भारतीय जनरलको नयाँ खुलासा
-
उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकाल र ‘आइएमएफ’ नेपाल मिसन प्रमुखबीच भेटवार्ता
-
एलन मस्कका बुबा एरोल मस्क भारतमा
-
‘नेपाल चीनसँग नजिक हुँदै गइरहेको छ’: भारतीय कांग्रेस नेता पवन खेडा