युएईका सहायक मन्त्रीद्वारा परराष्ट्रमन्त्री राणासँग शिष्टाचार भेट
शुक्रबार, ०२ जेठ २०८२, २१ : २४
सारांश
- युएईका ऊर्जा मन्त्री अब्दुल्ला बलाला र परराष्ट्र मन्त्री आरजु राणा देउवाबीच भेटवार्ता भएको छ ।
- भेटमा दुई देशबीचको सम्बन्ध सुदृढ बनाउने र नवीकरणीय ऊर्जामा सहकार्य गर्ने विषयमा छलफल भयो।
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) का ऊर्जा तथा दिगो विकासका लागि विदेश मन्त्रालयका सहायक मन्त्री अब्दुल्ला बलालाले परराष्ट्र मन्त्री डा. आरजु राणा देउवासँग शिष्टाचार भेट गरेका छन् । सगरमाथा संवादको अवसरमा आज मन्त्री बलालाले परराष्ट्र मन्त्री राणाले भेटवार्ता गरेका हुन् ।
शिष्टाचार भेटका क्रममा दुई देशबिचको मित्रवत् सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। नवीकरणीय ऊर्जा, दिगो विकास तथा जलवायु परिवर्तनसम्बन्धी सहनशीलता जस्ता विषयहरूमा द्विपक्षीय सहकार्य विस्तार गर्नेसम्बन्धी कुराकानी पनि भएको बताइएको छ ।
भेटमा दुवै पक्षले पारस्परिक हितका क्षेत्रमा सहकार्यलाई अझ मजबुत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए। सो भेटवार्ताबाट नेपाल–युएई सम्बन्धमा थप गतिशीलता ल्याउने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण