नार्क सुधार्न बन्यो उच्चस्तरीय समिति, ९० दिनको कार्यादेश
सारांश
- सरकारले नार्कको पुनर्संरचनाका लागि प्रा.डा.गोविन्दराज पोख्रेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ।
- समितिलाई ९० दिनको कार्यअवधि दिइएको छ, जसले नार्कको कार्यप्रणाली सुधारका लागि सुझाव दिनेछ।
- समितिले नार्कको विगतका उपलब्धि, चुनौती, ऐन, नियम, नीति लगायतका विषयमा अध्ययन गर्नेछ।
काठमाडौँ । सरकारले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को पुनर्संरचनाका लागि प्रा.डा.गोविन्दराज पोख्रेलको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय पुनर्संरचना सुझाव समिति गठन गरेको छ ।
समितिमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राडा ईश्वरी कडरिया र डा. यज्ञ गजाधर खड्का सदस्य रहेका छन् । उच्चस्तरीय समितिका पदाधिकारीहरूलाई पत्र हस्तान्तरण गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नार्कलाई समय सापेक्ष रूपमा सुधार गर्न उच्चस्तरीय समितिले उपयुक्त प्रस्ताव पेस गर्ने अपेक्षा व्यक्त गरे ।
समितिलाई ९० दिनको कार्यवधि दिइएको छ । नार्कको हालको संरचनामा देखिएका विविध समस्याका कारण परिषद्को कार्य सन्तोषजनक रहन नसकेको सन्दर्भमा उच्चस्तरीय सुझाव समिति गठन गरिएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ ।
विगतमा भएका अध्ययनहरूले पनि नार्कलाई प्रभावकारी बनाउन यसको पुनर्संरचना गर्नुपर्ने सुझाव दिएका थिए । सोही सुझावका आधारमा मन्त्रालयले गरेको प्रस्तावलाई मन्त्रिपरिषद्को हालै बसेको बैठकले स्वीकृति दिएको थियो ।
उच्चस्तरीय समितिलाई नार्कको विगतको उपलब्धि तथा चुनौती र यसअन्तर्गत ऐन, नियम ,नीतिलगायत कानुनी दस्ताबेज तथा प्रतिवेदनहरूको समीक्षा गर्ने,अन्य देशहरूमा यससम्बन्धी भए गरेका असल अभ्यासहरूको अध्ययन गर्ने, संघीयताको भावना र मर्मअनुरूप समयसापेक्ष रूपमा नार्कलाई रूपान्तरण गर्न, वैज्ञानिकहरूको दीर्घकालीन संलग्नता सुनिश्चित गर्ने रणनीति प्रस्ताव गर्नेलगायत कार्यक्षेत्र तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण