क्यान महासङ्घको वरिष्ठ उपाध्यक्षमा चिरञ्जीवी अधिकारी सर्वसम्मत
मङ्गलबार, ०६ जेठ २०८२, ११ : ५५
काठमाडौँ । कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान महासङ्घ)को वरिष्ठ उपाध्यक्षमा साइबर सुरक्षा विज्ञ चिरञ्जीवी अधिकारी चुनिएका छन्। महासङ्घको कार्यसमितिले ६ जना कार्यसमिति मध्येबाट अधिकारीलाई वरिष्ठ उपाध्यक्षमा छनोट गरेको हो।
क्यानको विधानअनुसार उपाध्यक्षहरू मध्येबाट एक जनालाई कार्यसमितिले वरिष्ठ उपाध्यक्ष चयन गर्ने व्यवस्था छ। कार्यसमितिमा सर्वसम्मतबाट उनलाई वरिष्ठ उपाध्यक्ष छनोट गरिएको हो।
२१ वर्षदेखि आइटी क्षेत्रमा कार्यरत अधिकारी साइबर सुरक्षा, नेटवर्किङ, सूचना सुरक्षा व्यवस्थापन, एआई क्षेत्रमा सक्रिय छन्। यस्तै कार्यसमिति बैठकले कोशी प्रदेशबाट ठाकुरकुमार श्रेष्ठ, लुम्बिनी प्रदेशबाट नारायण श्रेष्ठ, संस्थागतबाट केशव भट्टराई र व्यक्तिगत समूहबाट दीपेन्द्र पौडेललाई सचिवमा चयन गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण