अन्तिम पटक २०१४ मा बाइडेनले गराएका थिए प्रोस्टेट क्यान्सरको जाँच

समाचार सारांश
- पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको पुष्टि भएको छ। क्यान्सर हड्डीसम्म फैलिएको बताइएको छ।
- बाइडेनले २०१४ मा प्रोस्टेट क्यान्सरको परीक्षण गरेका थिए। उनको कार्यालयले उपचारबारे जानकारी दिएको छ।
- ट्रम्पले बाइडेनले रोग लुकाएको आरोप लगाएका छन्, जबकि ह्वाइट हाउसका चिकित्सकले ट्रम्पको पीएसए सामान्य रहेको बताए।
वासिङ्टन डीसी । पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको छ । बाइडेनको कार्यालयबाट हालै जारी गरिएको विज्ञप्तिमा गत हप्ता उनलाई आक्रामक प्रोस्टेट क्यान्सर भएको थाहा भएको छ । क्यान्सर उनको हड्डीहरूसम्म फैलिएको बताइएको छ ।
यसैबीच अन्तिम पटक उनले २०१४ मा प्रोस्टेट क्यान्सरको परीक्षण गरेको पूर्व राष्ट्रपतिको कार्यालयले भनेको छ । बाइडेनको कार्यलयले जारी गरेको विज्ञप्तिमा उनको २०१४ को पीएसए रगत परीक्षणको नतिजा खुलाइएको छैन । बाइडेनका सहयोगीहरूले उनको उपचारबारे जानकारी दिएका थिए ।
साथै, बाइडेन राष्ट्रपति हुँदा पनि उनको स्वास्थ्यको राम्ररी जाँच गरिएको र त्यतिबेला प्रोस्टेट क्यान्सरको आशङ्का गरिएको पनि दाबी गरिएको छ ।
वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यही दाबी गरेका थिए । पूर्व राष्ट्रपति र उनका सहयोगीहरूले ह्वाइट हाउसमा हुँदा रोग लुकाएको उनको आरोप छ ।
अप्रिलमा ह्वाइट हाउसका चिकित्सकले ट्रम्पको वार्षिक शारीरिक परीक्षण गर्दा उनको पीएसए सामान्य रहेको बताएका थिए । तर, अन्तिम पीएसए नतिजा अझै जारी गरिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला समितिमा लफडा : बाझाबाझ र माइक फालाफाल
-
पूर्वराजा र बालेन शाहबिच भेट भएकै हो ?
-
पोखरा विमानस्थल भ्रष्ट्राचार प्रकरण : अनुसन्धान गर्न अख्तियारलाई निर्देशन
-
अस्तिको पाँच लाख रुपैयाँ खोई भन्दै प्रहरीले तस्करसँग पैसा असुल्छ : पूर्वमुख्यमन्त्री केदार कार्की
-
सरकारले ल्याएको भूमिसम्बन्धी विधेयकप्रति मोर्चाको असहमति
-
राजावादी समूहद्वारा संयुक्त जनआन्दोलनमा सहकार्यका लागि रास्वपासँग प्रस्ताव (पत्रसहित)