अन्तिम पटक २०१४ मा बाइडेनले गराएका थिए प्रोस्टेट क्यान्सरको जाँच
सारांश
- पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको पुष्टि भएको छ। क्यान्सर हड्डीसम्म फैलिएको बताइएको छ।
- बाइडेनले २०१४ मा प्रोस्टेट क्यान्सरको परीक्षण गरेका थिए। उनको कार्यालयले उपचारबारे जानकारी दिएको छ।
- ट्रम्पले बाइडेनले रोग लुकाएको आरोप लगाएका छन्, जबकि ह्वाइट हाउसका चिकित्सकले ट्रम्पको पीएसए सामान्य रहेको बताए।
वासिङ्टन डीसी । पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको छ । बाइडेनको कार्यालयबाट हालै जारी गरिएको विज्ञप्तिमा गत हप्ता उनलाई आक्रामक प्रोस्टेट क्यान्सर भएको थाहा भएको छ । क्यान्सर उनको हड्डीहरूसम्म फैलिएको बताइएको छ ।
यसैबीच अन्तिम पटक उनले २०१४ मा प्रोस्टेट क्यान्सरको परीक्षण गरेको पूर्व राष्ट्रपतिको कार्यालयले भनेको छ । बाइडेनको कार्यलयले जारी गरेको विज्ञप्तिमा उनको २०१४ को पीएसए रगत परीक्षणको नतिजा खुलाइएको छैन । बाइडेनका सहयोगीहरूले उनको उपचारबारे जानकारी दिएका थिए ।
साथै, बाइडेन राष्ट्रपति हुँदा पनि उनको स्वास्थ्यको राम्ररी जाँच गरिएको र त्यतिबेला प्रोस्टेट क्यान्सरको आशङ्का गरिएको पनि दाबी गरिएको छ ।
वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यही दाबी गरेका थिए । पूर्व राष्ट्रपति र उनका सहयोगीहरूले ह्वाइट हाउसमा हुँदा रोग लुकाएको उनको आरोप छ ।
अप्रिलमा ह्वाइट हाउसका चिकित्सकले ट्रम्पको वार्षिक शारीरिक परीक्षण गर्दा उनको पीएसए सामान्य रहेको बताएका थिए । तर, अन्तिम पीएसए नतिजा अझै जारी गरिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण