मौसम पूर्वानुमानलाई प्रत्येक नागरिकसमक्ष पुर्याउनु आजको आवश्यकता : ऊर्जामन्त्री
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले मौसम पूर्वानुमानलाई प्रत्येक नागरिकसमक्ष पुर्याउनु आजको आवश्यकता रहेको बताएका छन् ।
जल तथा मौसम विज्ञान विभागले बुधवार काठमाडौँमा आयोजना गरेको “राष्ट्रिय मनसुन फोरम–२०८२” मा बोल्दै मन्त्री खड्काले यस्तो बताएका हुन् ।
उनले मौसम पूर्वानुमानको जानकारी नपुग्दा विशेष गरी हाइड्रोपावर र सिँचाइ आयोजनाहरूमा बढी क्षति हुने गरेको बताए । उनले ठूलो सङ्ख्यामा काम गर्ने मान्छेहरू हुने र अकस्मातको पानीले सबै बगाएर लैजाने गरेको बताए । मन्त्री खड्काले मौसम पूर्वानुमानबारे जानकारी समयमा भएको खण्डमा मानिसहरू सुरक्षित ठाउँमा जाने र बेलैमा सचेत हुन पाइने परिस्थिति निर्माण हुने जिकिर गरे ।
उनले यस वर्ष प्रत्येक वडाका जनप्रतिनिधिहरूलाई मौसम पूर्वानुमानको सूचना तथा जानकारीसँग जोड्ने गरी काम गर्न विभागलाई निर्देशन दिए । उनले मौसमसम्बन्धी जानकारीका विषयवस्तुलाई विद्यालय स्तरदेखि पुस्तक वा पाठ्यक्रममा समावेश गर्नुपर्ने आवश्यकता रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण