मौसम पूर्वानुमानलाई प्रत्येक नागरिकसमक्ष पुर्याउनु आजको आवश्यकता : ऊर्जामन्त्री

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले मौसम पूर्वानुमानलाई प्रत्येक नागरिकसमक्ष पुर्याउनु आजको आवश्यकता रहेको बताएका छन् ।
जल तथा मौसम विज्ञान विभागले बुधवार काठमाडौँमा आयोजना गरेको “राष्ट्रिय मनसुन फोरम–२०८२” मा बोल्दै मन्त्री खड्काले यस्तो बताएका हुन् ।
उनले मौसम पूर्वानुमानको जानकारी नपुग्दा विशेष गरी हाइड्रोपावर र सिँचाइ आयोजनाहरूमा बढी क्षति हुने गरेको बताए । उनले ठूलो सङ्ख्यामा काम गर्ने मान्छेहरू हुने र अकस्मातको पानीले सबै बगाएर लैजाने गरेको बताए । मन्त्री खड्काले मौसम पूर्वानुमानबारे जानकारी समयमा भएको खण्डमा मानिसहरू सुरक्षित ठाउँमा जाने र बेलैमा सचेत हुन पाइने परिस्थिति निर्माण हुने जिकिर गरे ।
उनले यस वर्ष प्रत्येक वडाका जनप्रतिनिधिहरूलाई मौसम पूर्वानुमानको सूचना तथा जानकारीसँग जोड्ने गरी काम गर्न विभागलाई निर्देशन दिए । उनले मौसमसम्बन्धी जानकारीका विषयवस्तुलाई विद्यालय स्तरदेखि पुस्तक वा पाठ्यक्रममा समावेश गर्नुपर्ने आवश्यकता रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखामा करेन्ट लागेर एक वृद्धको मृत्यु
-
गाउँपालिकाको नक्कली छाप र लेटरप्याड प्रयोग गरी राजस्व सङ्कलन आराेपमा दुई जना पक्राउ
-
१० बजे १० समाचार : अध्यागमनमा अख्तियारको छापादेखि रास्वापालाई राजावादीको पत्रसम्म
-
बेपत्ता परिवार भन्छन्, ‘आयोगले पीडितको विश्वास जितेर काम गरोस्’
-
कर्णालीका सबै स्थानीय तहको सेवा ठप्प पार्ने कर्मचारीको घोषणा
-
गैरपेसागत कार्यप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण