राजावादीको जनजागरण अभियान सुरू हुँदै, जमलबाट शुभारम्भ

समाचार सारांश
- संयुक्त जनआन्दोलन समितिले शनिबारदेखि धार्मिक तथा जनजागरण अभियान सुरु गर्ने भएको छ।
- अभियान अन्तर्गत काठमाडौं उपत्यकाका विभिन्न शहरहरूमा स्थानीय समुदायसँग प्रत्यक्ष संवाद र सम्पर्क गरिनेछ।
- समितिको उद्देश्य भ्रष्ट व्यवस्थाविरुद्ध जनचेतना फैलाएर संवैधानिक राजसंस्था र हिन्दु अधिराज्यसहितको बहुदलीय प्रजातन्त्र पुनःस्थापना गर्नु हो।
काठमाडौं । वर्तमान व्यवस्थालाई चुनौती दिँदै गठित संयुक्त जनआन्दोलन समितिले शनिबारदेखि धार्मिक तथा जनजागरण अभियान सुरु गर्ने भएको छ।
समितिका संयोजक नवराज सुवेदीले शुक्रबार जारी गरेको सूचनाअनुसार अभियान जेठ १० गते (शनिबार) अपरान्ह ५ बजे काठमाडौंको जमलबाट सुरु हुनेछ। अभियान अन्तर्गत जेठ ११ र १२ गते काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका सबै नगरपालिकाहरूमा स्थानीय जनसमुदायसँग प्रत्यक्ष सम्पर्क र संवाद गरिने छ।
समितिका अनुसार यो अभियानको उद्देश्य देशमा फैलिएको “भ्रष्ट व्यवस्था र शासक“ विरुद्ध जनचेतना फैलाउनु र संवैधानिक राजसंस्था तथा हिन्दु अधिराज्यसहितको बहुदलीय प्रजातन्त्र पुनःस्थापना गर्नु हो।
जनजागरण कार्यक्रममार्फत जनतालाई वर्तमान राजनीतिक, सामाजिक र धार्मिक अवस्थाको समीक्षा गराउँदै वैकल्पिक व्यवस्था प्रतिको आवश्यकता र समर्थन बढाउने लक्ष्य राखिएको छ। यसअघि ८ गतेदेखि नै हुने भनिएको अभियान स्थगित गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादी आन्दोलनबारे अन्तर्राष्ट्रिय प्रजातन्त्र संघले के भन्यो ?
-
डाइभर्सन बगाउँदा कान्ति लोकपथ अवरुद्ध
-
प्रभु साहको प्रश्न– ‘मानव तस्करी घटनामा प्रधानमन्त्री किन मौन ?’
-
भोजपुरी भाषा सिकाउँदै वीरगञ्ज महानगर
-
किर्ते मुद्दामा दुहुँ गाउँपालिकाका लेखापाल प्रहरीको नियन्त्रणमा
-
माओवादी नेताहरुद्वारा सहिद तथा बेपत्ताजनका परिवारसँग भेटघाट