राजावादीको जनजागरण अभियान सुरू हुँदै, जमलबाट शुभारम्भ
सारांश
- संयुक्त जनआन्दोलन समितिले शनिबारदेखि धार्मिक तथा जनजागरण अभियान सुरु गर्ने भएको छ।
- अभियान अन्तर्गत काठमाडौं उपत्यकाका विभिन्न शहरहरूमा स्थानीय समुदायसँग प्रत्यक्ष संवाद र सम्पर्क गरिनेछ।
- समितिको उद्देश्य भ्रष्ट व्यवस्थाविरुद्ध जनचेतना फैलाएर संवैधानिक राजसंस्था र हिन्दु अधिराज्यसहितको बहुदलीय प्रजातन्त्र पुनःस्थापना गर्नु हो।
काठमाडौं । वर्तमान व्यवस्थालाई चुनौती दिँदै गठित संयुक्त जनआन्दोलन समितिले शनिबारदेखि धार्मिक तथा जनजागरण अभियान सुरु गर्ने भएको छ।
समितिका संयोजक नवराज सुवेदीले शुक्रबार जारी गरेको सूचनाअनुसार अभियान जेठ १० गते (शनिबार) अपरान्ह ५ बजे काठमाडौंको जमलबाट सुरु हुनेछ। अभियान अन्तर्गत जेठ ११ र १२ गते काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका सबै नगरपालिकाहरूमा स्थानीय जनसमुदायसँग प्रत्यक्ष सम्पर्क र संवाद गरिने छ।
समितिका अनुसार यो अभियानको उद्देश्य देशमा फैलिएको “भ्रष्ट व्यवस्था र शासक“ विरुद्ध जनचेतना फैलाउनु र संवैधानिक राजसंस्था तथा हिन्दु अधिराज्यसहितको बहुदलीय प्रजातन्त्र पुनःस्थापना गर्नु हो।
जनजागरण कार्यक्रममार्फत जनतालाई वर्तमान राजनीतिक, सामाजिक र धार्मिक अवस्थाको समीक्षा गराउँदै वैकल्पिक व्यवस्था प्रतिको आवश्यकता र समर्थन बढाउने लक्ष्य राखिएको छ। यसअघि ८ गतेदेखि नै हुने भनिएको अभियान स्थगित गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण