ईशान चम्किँदा बेंगलुरुसामु २ सय ३२ रनको लक्ष्य
काठमाडौँ । ईशान किसनको शानदार अर्धशतकको मद्दतले सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेंगलुरुसामु जितका लागि २ सय ३२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
शुक्रबार लखनउको इकाना स्टेडियममा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय ३१ रन बनाएको हो ।
ईशानले मात्र ४८ बलमा ९४ रनको शानदार इनिङ्स खेले । उनले यसक्रममा ७ चौका र ५ छक्का प्रहार गरे ।
ओपनर अभिषेक शर्मा र ट्राभिस हेडले टोलीलाई तीव्र सुरुवात दिलाएका थिए । शर्माले मात्र १७ बलमा ३४ रन जोडे । उनले ३ चौका र ३ छक्का हिर्काए । हेडले १० बलमा १७ रन बनाउँदा ३ चौका प्रहार गरे ।
अनिकेत वर्माले २६ रन तथा हेनरिच क्लासेनले २४ रनको योगदान दिए । कप्तान प्याट कमिन्सले १३ रन तथा अभिनव मनहोरले १२ रन जोडे ।
बेंगलुरुका लागि रोमारियो सेफर्डले २ तथा भुवनेश्वर कुमार, लुंगी एनगिडी, सुयेश शर्मा र क्रुनाल पाण्ड्याले १–१ विकेट लिए । हैदराबाद र बेंगलुरु दुबैले जारी सिजनमा आफ्नो १३औँ खेल खेलिरहेका छन् । यी दुवै टोली जारी सिजनमा पहिलो पटक आपसमा भिडिरहेका हुन् ।
बेंगलुरु प्रतियोगिताको प्ले–अफ चरणमा पुगिसकेको छ । अर्कोतिर, हैदराबाद यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ । क्वालिफायर–१ खेल्ने लक्ष्यमा रहेको बेंगलुरुका लागि यो खेल निकै महत्त्वपूर्ण छ ।
बेंगलुरु हाल १२ खेल खेल्दै १७ अंकसहित तालिकाको दोस्रो स्थानमा आसीन छ । बेंगलुरुले आठ जित र तीन हारको नतिजा निकालेको छ । बेंगलुरुको एक खेल भने अनिर्णीत रूपमा सकिएको छ । शुक्रबारको खेलमा विजयी भए बेंगलुरु १९ अंकसहित तालिकाको पहिलो स्थानमा उक्लनेछ ।
यसैगरी, हैदराबाद १२ खेलबाट नौ अंक जोड्दै तालिकाको आठौँ स्थानमा आसीन छ । हैदराबादले हालसम्म चार जित र सात हारको नतिजा निकालेको छ । हैदराबादको पनि एक खेल अनिर्णीत रूपमा सकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण