श्रेयस र स्टोइनिसको विस्फोटक ब्याटिङ, दिल्लीसामु २ सय ७ रनको लक्ष्य

समाचार सारांश
- पञ्जाब किंग्सले दिल्ली क्यापिटल्सलाई जितका लागि २०७ रनको लक्ष्य दियो।
- पञ्जाबका कप्तान श्रेयश अय्यरले ५३ रन बनाए भने मार्कस स्टोइनिसले ४४ रनको योगदान दिए।
- दिल्लीका मुस्तफिजुर रहमानले ३ विकेट लिए, पञ्जाब हाल १७ अंकसहित दोस्रो स्थानमा छ।
यपुर । इन्डियन प्रिमियर लिग (आईपीएल) को ६६ औँ खेलमा पञ्जाब किंग्सले दिल्ली क्यापिटल्ससामु जितका लागि २ सय ७ रनको लक्ष्य प्रस्तुत गरेको छ । जयपुरमा शनिबार जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय ६ रन बनाएको हो ।
टोलीका लागि कप्तान श्रेयश अय्यरले सर्वाधिक ५३ रनको योगदान दिए । उनले मात्र ३४ बलमा ५ चौका र २ छक्का प्रहार गरे । जोश इंग्लिसले १२ बलको सामना गर्दै ३ चौका र २ छक्काको मद्दतले ३२ रन जोडे । ओपनर प्रभसिमरन सिंहले १८ बलमा २८ रन तथा नेहल वधेराले १६ रन तथा शशांक सिहले ११ रन बनाए ।
खेलको अन्त्यतिर मार्कस स्टोइनिसले तीव्र गतिमा रन बनाउँदै १६ बलमा ४४ रनको महत्त्वपूर्ण योगदान दिए । उनले ३ चौका र ४ छक्का हिर्काए । दिल्लीका लागि मुस्तफिजुर रहमानले ४ ओभर बलिङ गर्दै ३३ रन खर्चेर ३ विकेट लिए । विपराज निगम र कुलदीप यादवले २–२ विकेट लिए । मुकेश कुमारले १ विकेट हात पारे ।
पञ्जाब हाल १२ खेलबाट १७ अंक बटुल्दै दोस्रो स्थानमा रहेको छ । टोली अंक तालिकामा शीर्ष स्थान पुग्न प्रयासरत छ । उता, १३ खेलबाट १३ अंक बटुलेको दिल्ली भने प्लेअफको दौडबाट बाहिरिइसकेको छ ।