अपडेट मन्त्रिपरिषद् बैठक निर्णय : सचिवहरुको सरुवा गर्ने निर्णय

काठमाडौँ । सरकारले १० जना सचिवहरूको सरूवा गरेको छ । सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो ।
सचिवहरु डा. रामप्रसाद घिमिरेलाई उद्योग तथा वाणिज्य मन्त्रालय, किरणराज शर्मालाई लोकसेवा आयोग, हरिप्रसाद मैनालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, डिल्लिराम शर्मालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, दीपक काफ्लेलाई राष्ट्रपतिको कार्यालय, चुडामणि पौडेललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, गोविन्दबहादुर कार्कीलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, महादेव पन्थलाई राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग, रघुराम विष्टलाई महालेखा नियन्त्रक कार्यालय र शोकान्त पौडेललाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय गण्डकी प्रदेशमा सरुवा गरिएको छ।
त्यस्तै, नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा सहसचिव भुपाल बराललाई बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वागमती प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गर्ने तथा नेपाल इञ्जिनियरिङ सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा दिनानाथ मिश्रलाई बढुवा गरी जल तथा ऊर्जा आयोगको सचिवालयमा पदस्थापन गर्ने निर्णय गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपकराज गिरीको कटाक्ष : गणतन्त्र बागमती जस्तै हो
-
जगेडामा रहेका १४ उपसचिवको सरुवा र काज
-
अमेरिकामा अध्ययनरत चिनियाँ विद्यार्थीमाथि कठोर बन्यो ट्रम्प प्रशासन
-
आन्दोलनमा आएका राजावादीलाई आवागमनमा बाधा उत्पन्न गरिएको आरोप
-
ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाट ई-कम डलर कार्डमा रियल टाइम लोड सुविधा
-
गणतन्त्र हामीले प्राप्त गरेका होइनौँ, अर्जन गरेका हौँ : प्रधानमन्त्री ओली