अमेरिकामा अध्ययनरत चिनियाँ विद्यार्थीमाथि कठोर बन्यो ट्रम्प प्रशासन

समाचार सारांश
- अमेरिकी विदेशमन्त्रीले चीन र हङकङका विद्यार्थीहरूको भिसा जाँच कडा पार्ने बताए। यस कदमले चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्बन्धित व्यक्तिहरूलाई पहिचान गर्नेछ।
- भिसाका सर्तहरू परिमार्जन गरी चीन र हङकङका आवेदकहरूको छानबिनलाई थप कडाइ गरिनेछ।
- ट्रम्प प्रशासनले चिनियाँ सामानमा अतिरिक्त महसुल लगाएपछि चीन र अमेरिकाबीचको सम्बन्ध बिग्रिएको छ।
वासिङ्टन डीसी । चीन र हङकङका विद्यार्थीहरूको भिसाको राम्ररी जाँच गरिने अमेरिकी विदेशमन्त्री मार्काे रुबियोले भनेका छन् । यस कदमले चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्बन्ध राख्नेहरूको पहिचान गर्ने बताइएको छ ।
चीन र हङकङबाट भविष्यमा आउने भिसा आवेदकहरूको छानबिनलाई अझ कडा बनाउन सकियोस् भनेर भिसा सर्तहरू पनि परिमार्जन गरिने रुबियोले विज्ञप्तिमा भनेका छन् । हालैका महिनाहरूमा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आउने सामानमा लगाएको अतिरिक्त महसुलका कारण चीन र अमेरिका बिचको सम्बन्ध तिक्त बनेको छ ।
यसअघि सोमबार, रुबियोले विश्वभरका अमेरिकी दूतावासहरूलाई विद्यार्थी भिसाका लागि अपोइन्टमेन्ट दिन बन्द गर्न आदेश दिएका थिए । विदेश मन्त्रालयले त्यस्ता आवेदकहरूको सामाजिक सञ्जालमाथि छानबिनलाई अझ बढाउने तयारी गरिरहेको छ । गत वर्ष अमेरिकामा लगभग दुई लाख ८० हजार चिनियाँ विद्यार्थीहरू अध्ययनरत रहेको अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जातीय भेदभावका कारण वर्षेनी ६ खर्ब रुपियाँ बराबर नोक्सान’
-
पनौतीलाई ‘विश्व सम्पदा’ मा सूचीकृत गराउन पहल
-
आकस्मिक घटना व्यवस्थापनको दक्षता बढाउन कृतिम अभ्यास
-
गुजरातलाई हराउँदै दोस्रो क्वालिफायरमा मुम्बईको मार्च
-
१२ बजे १२ समाचारः आलमको मुद्दामा फैसला गर्ने न्यायाधीशमाथि छानबिनको माग, निषेधाज्ञापछि राजावादीको प्रदर्शनस्थल परिवर्तन
-
अख्तियारका डीआईजी श्रेष्ठको सरुवा रोकियो, ओम रानालाई रानीपोखरीमा पदस्थापन