आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय

पाँच मुक्तक

मङ्गलबार, १३ जेठ २०८२, १२ : ०७
मङ्गलबार, १३ जेठ २०८२
  • मुक्तक १

जन्मघर छोडेर अर्को घर सरेकी ऊ
रगत नफेरीकन थर बदलेकी ऊ
सक्छौ भने सोच बदल ए ! मान्छेहरु
अन्धविश्वासका चोटिला धार मेटाएकी ऊ  ।।
    

  • मुक्तक २

आफैँ धामी, आफैँ झाँक्री होइन संस्कृति
अन्धविश्वास मात्र अटेको होइन संस्कृति 
अरेका कुरा सर्दै आए यथार्थ कति होला
भोगेर पनि नचिन्ने जीवन होइन संस्कृति ।।

  • मुक्तक ३

इमानी पनि कहरमा परेको छ
बेइमानी पनि जहरमा सरेको छ
देखेको छु झुटा मान्छे कति यहाँ
तर ज्ञानी जहिले बहरमा परेको छ ।

  • मुक्तक ४ 

आउनेलाई हृदयले स्वागत गर्छु म
जानेलाई हाँसेर बिदाइ गर्छु म
फूल दिनेलाई फूलले पूजा गरिदिन्छु
भुल्नेलाई भुलिदिएर सम्मान गर्छु म ।

  • मुक्तक ५ 

कतै मिलनका कथा, कतै बिछोडका कथा
सबैका जीवनमा आ–आफ्नो कथा–व्यथा
मुस्कुराउन सक्नु संयोगान्तमा बदलिनु
ऊर्जाशील हुन्छन् सबै जीवनका कथा ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शान्ता भट्ट (देवकोटा)
शान्ता भट्ट (देवकोटा)
लेखकबाट थप