पाँच मुक्तक
मङ्गलबार, १३ जेठ २०८२, १२ : ०७
- मुक्तक १
जन्मघर छोडेर अर्को घर सरेकी ऊ
रगत नफेरीकन थर बदलेकी ऊ
सक्छौ भने सोच बदल ए ! मान्छेहरु
अन्धविश्वासका चोटिला धार मेटाएकी ऊ ।।
- मुक्तक २
आफैँ धामी, आफैँ झाँक्री होइन संस्कृति
अन्धविश्वास मात्र अटेको होइन संस्कृति
अरेका कुरा सर्दै आए यथार्थ कति होला
भोगेर पनि नचिन्ने जीवन होइन संस्कृति ।।
- मुक्तक ३
इमानी पनि कहरमा परेको छ
बेइमानी पनि जहरमा सरेको छ
देखेको छु झुटा मान्छे कति यहाँ
तर ज्ञानी जहिले बहरमा परेको छ ।
- मुक्तक ४
आउनेलाई हृदयले स्वागत गर्छु म
जानेलाई हाँसेर बिदाइ गर्छु म
फूल दिनेलाई फूलले पूजा गरिदिन्छु
भुल्नेलाई भुलिदिएर सम्मान गर्छु म ।
- मुक्तक ५
कतै मिलनका कथा, कतै बिछोडका कथा
सबैका जीवनमा आ–आफ्नो कथा–व्यथा
मुस्कुराउन सक्नु संयोगान्तमा बदलिनु
ऊर्जाशील हुन्छन् सबै जीवनका कथा ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
-
फिर्केखोला संरक्षणमा चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण