जब मेस्सीका छोरा थियागो र सिरोले ड्रिम्स कपको उपाधि उचाले
काठमाडौँ । समकालीन विश्व फुटबलका महान खेलाडीमध्येका एक लियोनल मेस्सी छोराहरुले आफ्नो पदचिन्ह पछ्याएको देखेर उत्साही बनेका छन् । मेस्सीका छोरा सिरो र थियागोले इन्टर मियामीको एकेडेमीबाट ड्रिम्स कपको ट्रफी उचालेका थिए ।
दक्षिण फ्लोरिडामा मेमोरियल डेको अन्त्यमा आयोजित प्रतिष्ठित युवा प्रतियोगिता हेर्न कीर्तिमानी रुपमा आठपटकका बालन डी’ओर विजेता मेस्सी पनि आफ्नी श्रीमतीसहित पुगेका थिए । कार्यक्रममा थुप्रै प्रतिष्ठित व्यक्तीको सहभागिता रहेको थियो ।
सोही अवसरमा ड्रिम्स कप–२०२५ को अन्तिम खेल पनि खेलाइएको थियो । ट्रफी जित्ने इन्टर मियामीको यू–१३ टोलीमा मेस्सीका छोरा सिरो र थियागो पनि थिए । खेलमा मेस्सीका जेठा छोरा थियागोले गोल पनि गरेका थिए ।
यसअघि पनि मेस्सीका छोरा सिरो र थियागोले एकेडेमी स्तरमा विभिन्न प्रतियोगिताको उपाधि चुमिसकेका छन् । थियागो र सिरीका अतिरिक्त मेस्सीका अर्का छोरा पनि छन् । मेस्सीका अर्का छोरा माटेओ पनि इन्टर मियामीको एकेडेमीमै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण