१० हजार फिट माथिबाट खसेर मृत्यु
काठमाडौँ । बेलायतमा १० हजार फिट माथिबाट खसेर एक महिलाको मृत्यु भएको छ । आइतबार ३२ वर्षीय जेड डेमेरलको ‘स्काइ डाइभिङ’ का क्रममा १० हजार फिट माथिबाट जमिनमा बजारिएर मृत्यु भएको हो ।
उनी अनुभवी ‘स्काइ डाइभर’ थिइन् । उनले ४०० पटकभन्दा बढी हामफालिसकेको बताइएको छ ।
मृत्यु हुनुभन्दा अघिल्लो रातमात्र प्रेमीसँग उनको ‘ब्रेकअप’ भएको थियो । एक रात अघि जेडका प्रेमी बेन गुडफेलोले उनीसँगको सम्बन्ध तोडेको बताइएको छ ।
जेडका एक साथीका अनुसार दुवै सँगै बस्थे । उनीहरू स्काइ डाइभिङ पनि सँगै गर्थे । यद्यपि, सो घटनाको दिन उनका प्रेमी बेन कामको सिलसिलामा अन्तै गएको र जेड भने स्काइ डाइभिङमा गएको बताइएको छ ।
जेडले आफूसँग भएको प्यारासुट जानाजान नखोलेको हुन सक्ने अनुमान गरिएको छ । अनुसन्धान अधिकृतहरूका अनुसार प्यारासुट लगायत उनका उपकरणमा कुनै खराबी नरहेको पाइएको छ ।
जेडले लेखेको एक नोटसमेत फेला परेको अधिकारीहरूले जनाएका छन् । उक्त नोटमा उनले ब्रेकअपको चर्चा गरेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण