राजनीति
संसद्अघि सत्तापक्ष र विपक्षी छुट्टाछुट्टै छलफलमा
बुधबार, १४ जेठ २०८२, ११ : ५४
सारांश
- प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइए पनि अहिलेसम्म सुरु हुन सकेको छैन। विपक्षी दल र सत्तारुढ दलको बैठक बसिरहेको छ।
- विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै संसद अवरुद्ध गरेका छन्, जसका कारण बैठक स्थगित भएको छ।
- सभामुख देवराज घिमिरे दुवै पक्षसँगको छलफलपछि बैठक सुरु गर्ने तयारीमा छन्।
काठमाडौँ । बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा अहिलेसम्म बस्न सकिरहेको छैन । अहिले विपक्षी दलहरू संसद् भवन नयाँ वानेश्वरमा र सत्तारुढ दलहरूको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको छ । दुवै पक्ष आएपछि छलफल गरेर बैठक सुरु गर्ने तयारीमा सभामुख देवराज घिमिरे रहेको सचिवालयले जानकारी दिएको छ ।
भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग विपक्षी दलहरूले मंगलबारदेखि संसद् अवरुद्ध गर्दै आएका छन् । विपक्षीले नाराबाजी गरेपछि मंगलबार आधा घण्टाका लागि स्थगित भएको बैठक पछि सूचना टाँसेर आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण