आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय
राजनीति

संसद्अघि सत्तापक्ष र विपक्षी छुट्टाछुट्टै छलफलमा

बुधबार, १४ जेठ २०८२, ११ : ५४
बुधबार, १४ जेठ २०८२

समाचार सारांश

  • प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइए पनि अहिलेसम्म सुरु हुन सकेको छैन। विपक्षी दल र सत्तारुढ दलको बैठक बसिरहेको छ।
  • विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै संसद अवरुद्ध गरेका छन्, जसका कारण बैठक स्थगित भएको छ।
  • सभामुख देवराज घिमिरे दुवै पक्षसँगको छलफलपछि बैठक सुरु गर्ने तयारीमा छन्।

काठमाडौँ । बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा अहिलेसम्म बस्न सकिरहेको छैन । अहिले विपक्षी दलहरू संसद् भवन नयाँ वानेश्वरमा र सत्तारुढ दलहरूको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको छ । दुवै पक्ष आएपछि छलफल गरेर बैठक सुरु गर्ने तयारीमा सभामुख देवराज घिमिरे रहेको सचिवालयले जानकारी दिएको छ । 

भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग विपक्षी दलहरूले मंगलबारदेखि संसद् अवरुद्ध गर्दै आएका छन् । विपक्षीले नाराबाजी गरेपछि मंगलबार आधा घण्टाका लागि स्थगित भएको बैठक पछि सूचना टाँसेर आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप