मीरा राणालाई ‘प्रेमध्वज प्रधान राष्ट्रिय सङ्गीत सम्मान–२०८२’ दिइने
सारांश
- वरिष्ठ गायिका मीरा राणालाई 'प्रेमध्वज प्रधान राष्ट्रिय सङ्गीत सम्मान - २०८२' प्रदान गरिने भएको छ।
- गोल्डन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानले विभिन्न सङ्गीत सम्मान र पुरस्कार घोषणा गरेको छ।
- सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सिन्धुपाल्चोकको चौतारामा आगामी २७ गते हुनेछ।
काठमाडौँ । वरिष्ठ गायिका मीरा राणालाई ‘प्रेमध्वज प्रधान राष्ट्रिय सङ्गीत सम्मान – २०८२’ प्रदान गरिने भएको छ ।
गोल्डन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानले उनको जन्मजयन्तीको अवसर पारी प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको ‘स्रष्टा सम्मान तथा पुरस्कार प्रदान’ पुरस्कार सार्वजनिक गरेको छ । जसमा गायिका राणालाई यो सम्मान दिइने उल्लेख गरिएको छ ।
प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा गायक प्रधानकी धर्मपत्नी श्रीमती किरण प्रधानको अध्यक्षतामा बसेको प्रतिष्ठानको बैठकले ‘प्रेमध्वज प्रधान राष्ट्रिय वाद्यसङगीत सम्मान – २०८२’ वरिष्ठ वाद्य सङ्गीत निर्देशक मोहनकृष्ण कार्की ढली, ’प्रेमध्वज प्रधान राष्ट्रिय युवा सङ्गीत पुरस्कार–२०८२’ प्रतिभाशाली गायक सुरज कुमार थापालाई र ‘प्रेमध्वज–किरण प्रधान राष्ट्रिय प्रतिभा सङ्गीत पुरस्कार–२०८२’ प्रतिभावान् गायक चन्द्र सिं घलेलाई दिने निर्णय गरेको छ ।
‘प्रेमध्वज प्रधान राष्ट्रिय सङ्गीत सम्मान – २०८२’ नगद एक लाख धनराशि रहेको छ भने अन्य तीन सम्मानमा ५० हजार नगद रहेको छ । सम्मान तथा पुरस्कार आगामी २७ गते मङ्लबार बाँडिने प्रतिष्ठानले जनाएको छ । पुरस्कार कार्यक्रम स्व. प्रधानकै जन्मथलो सिन्धुपालचोकको चौतारामा गरिने प्रतिष्ठानका कोषाध्यक्ष भुवन मास्केद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण