शनिबार, १७ जेठ २०८२
ताजा लोकप्रिय

मेस्सी र स्वारेजको दुई–दुई गोलपछि उत्साही प्रशिक्षक मास्चेरानो

बिहीबार, १५ जेठ २०८२, १५ : ३२
बिहीबार, १५ जेठ २०८२

काठमाडौँ । मेजर लिग सकर (एमएलएस) को पछिल्लो खेलमा आफ्नो टोलीका दुई प्रभावशाली खेलाडी लियोनल मेस्सी र लुइस स्वारेज लयमा फर्किएपछि इन्टर मियामीका प्रमुख प्रशिक्षक जेभियर मास्चेरानो उत्साही देखिएका छन् । 

‘हाम्रा अनुभवी खेलाडी लयमा फर्किएका छन् र उनीहरुबिच उत्कृष्ट तालमेल पनि देखिएको छ । क्लबका लागि यो खुसीको कुरा हो,’ प्रशिक्षक मास्चेरानोले भनेका छन् । उनले आगामी खेलमा पनि यो लय कायमै रहने विश्वास व्यक्त गरेका छन् ।

इन्टर मियामीले एमएलएसको बिहीबार सम्पन्न खेलमा मोन्ट्रियललाई ४–२ गोलले हराएपछि प्रशिक्षक मास्चेरानोले यस्तो प्रतिक्रिया दिएका हुन् । उक्त खेलमा अर्जेन्टिनी स्टार मेस्सी र उरुग्वेका प्रभावशाली खेलाडी स्वारेजले दुई–दुई गोल गरेका थिए । 

मेस्सीले निर्धारित समयको २७ औँ र ८७ औँ तथा स्वारेजले ६८औँ र ७१औँ मिनेटमा गोल गरेका थिए । जितसँगै इन्टर मियामी अंक तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । हालसम्म १५ खेल सकेको इन्टर मियामीले २६ अंक बटुलेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप