मेस्सी र स्वारेजको दुई–दुई गोलपछि उत्साही प्रशिक्षक मास्चेरानो
काठमाडौँ । मेजर लिग सकर (एमएलएस) को पछिल्लो खेलमा आफ्नो टोलीका दुई प्रभावशाली खेलाडी लियोनल मेस्सी र लुइस स्वारेज लयमा फर्किएपछि इन्टर मियामीका प्रमुख प्रशिक्षक जेभियर मास्चेरानो उत्साही देखिएका छन् ।
‘हाम्रा अनुभवी खेलाडी लयमा फर्किएका छन् र उनीहरुबिच उत्कृष्ट तालमेल पनि देखिएको छ । क्लबका लागि यो खुसीको कुरा हो,’ प्रशिक्षक मास्चेरानोले भनेका छन् । उनले आगामी खेलमा पनि यो लय कायमै रहने विश्वास व्यक्त गरेका छन् ।
इन्टर मियामीले एमएलएसको बिहीबार सम्पन्न खेलमा मोन्ट्रियललाई ४–२ गोलले हराएपछि प्रशिक्षक मास्चेरानोले यस्तो प्रतिक्रिया दिएका हुन् । उक्त खेलमा अर्जेन्टिनी स्टार मेस्सी र उरुग्वेका प्रभावशाली खेलाडी स्वारेजले दुई–दुई गोल गरेका थिए ।
मेस्सीले निर्धारित समयको २७ औँ र ८७ औँ तथा स्वारेजले ६८औँ र ७१औँ मिनेटमा गोल गरेका थिए । जितसँगै इन्टर मियामी अंक तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । हालसम्म १५ खेल सकेको इन्टर मियामीले २६ अंक बटुलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण