शनिबार, १७ जेठ २०८२
ताजा लोकप्रिय

कप्तानका रूपमा ब्रुकको सुखद सुरुवात, इंग्ल्याण्डको शानदार जित

शुक्रबार, १६ जेठ २०८२, ०७ : ३७
शुक्रबार, १६ जेठ २०८२

समाचार सारांश

  • इंग्ल्याण्डले वेस्ट इन्डिजलाई २३८ रनको फराकिलो अन्तरले पराजित गर्‍यो, जसमा वेस्ट इन्डिज १६२ रनमा अलआउट भयो।
  • इंग्ल्याण्डका लागि बेथलले ८२ रन बनाए भने ओभर्टन र महमुदले ३-३ विकेट लिए।
  • जितसँगै इंग्ल्याण्डले ३ खेलको शृङ्खलामा १-० को अग्रता लिएको छ, दोस्रो खेल आइतबार कार्डिफमा हुनेछ।

बर्मिङहम । एकदिवसीय शृङ्खलाको पहिलो खेलमा इंग्ल्याण्डले पाहुना टोली वेस्ट इन्डिजमाथि २ सय ३८ रनको विशाल अन्तरको जित हात पारेको छ ।

बिहीबार बर्मिङहममा भएको खेलमा ४ सय १ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज २६.२ ओभरमा मात्र १६२ रनमा अलआउट भएको हो ।

टोलीका लागि पुछारका खेलाडी जेडन सिल्सले नटआउट रहँदै सर्वाधिक २९ रनको योगदान दिए । कप्तान साई होपले २५ रन तथा केसी कार्टीले २२ रन जोडे । अन्य खेलाडीले उल्लेख्य योगदान दिन सकेनन् ।

वेस्ट इन्डिजलाई सस्तोमा समेट्न जेमी ओभर्टन र सकिब महमुदले ३–३ विकेट लिए । आदिल रसिदले २ विकेट तथा ब्रेडन कार्स र जेकब बेथलले १–१ विकेट हात पारे ।

यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ४ सय रन बनाएको थियो । टोलीका लागि बेथलले सर्वाधिक ८२ रन बनाए । उनले ५३ बलमा ८ चौका र ५ छक्का प्रहार गरे ।

ओपनर बेन डकेटले ४८ बलमा ६० रन जोडे । उनले ४८ बलमा ६ चौका र १ छक्का हिर्काए । कप्तानका रूपमा पहिलो खेलमा ह्यारी ब्रुकलले ४५ बलमा ५८ रनको योगदान दिए । उनले ५ चौका र ३ छक्का हिर्काए । 

जो रुटले पनि अर्धशतक बनाए । उनले ६५ बलमा ५ चौका प्रहार गरे । विल ज्याक्सले ३९ रन तथा ओपनर जेमी स्मिथ र जोस बट्लरले ३७–३७ रन बनाए ।

वेस्ट इन्डिजका लागि जेडन सिल्सले ९ ओभरमा ८४ रन खर्चेर ४ विकेट लिए । अल्जारी जोसेफ र जस्टिन ग्रिभेसले २–२ विकेट हात पारे ।

जितसँगै इंग्ल्याण्डले ३ खेलको शृङ्खलामा १–० को अग्रता बनाएको छ । अब दोस्रो खेल कार्डिफमा आइतबार खेलिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप