कप्तानका रूपमा ब्रुकको सुखद सुरुवात, इंग्ल्याण्डको शानदार जित
सारांश
- इंग्ल्याण्डले वेस्ट इन्डिजलाई २३८ रनको फराकिलो अन्तरले पराजित गर्यो, जसमा वेस्ट इन्डिज १६२ रनमा अलआउट भयो।
- इंग्ल्याण्डका लागि बेथलले ८२ रन बनाए भने ओभर्टन र महमुदले ३-३ विकेट लिए।
- जितसँगै इंग्ल्याण्डले ३ खेलको शृङ्खलामा १-० को अग्रता लिएको छ, दोस्रो खेल आइतबार कार्डिफमा हुनेछ।
बर्मिङहम । एकदिवसीय शृङ्खलाको पहिलो खेलमा इंग्ल्याण्डले पाहुना टोली वेस्ट इन्डिजमाथि २ सय ३८ रनको विशाल अन्तरको जित हात पारेको छ ।
बिहीबार बर्मिङहममा भएको खेलमा ४ सय १ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज २६.२ ओभरमा मात्र १६२ रनमा अलआउट भएको हो ।
टोलीका लागि पुछारका खेलाडी जेडन सिल्सले नटआउट रहँदै सर्वाधिक २९ रनको योगदान दिए । कप्तान साई होपले २५ रन तथा केसी कार्टीले २२ रन जोडे । अन्य खेलाडीले उल्लेख्य योगदान दिन सकेनन् ।
वेस्ट इन्डिजलाई सस्तोमा समेट्न जेमी ओभर्टन र सकिब महमुदले ३–३ विकेट लिए । आदिल रसिदले २ विकेट तथा ब्रेडन कार्स र जेकब बेथलले १–१ विकेट हात पारे ।
यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ४ सय रन बनाएको थियो । टोलीका लागि बेथलले सर्वाधिक ८२ रन बनाए । उनले ५३ बलमा ८ चौका र ५ छक्का प्रहार गरे ।
ओपनर बेन डकेटले ४८ बलमा ६० रन जोडे । उनले ४८ बलमा ६ चौका र १ छक्का हिर्काए । कप्तानका रूपमा पहिलो खेलमा ह्यारी ब्रुकलले ४५ बलमा ५८ रनको योगदान दिए । उनले ५ चौका र ३ छक्का हिर्काए ।
जो रुटले पनि अर्धशतक बनाए । उनले ६५ बलमा ५ चौका प्रहार गरे । विल ज्याक्सले ३९ रन तथा ओपनर जेमी स्मिथ र जोस बट्लरले ३७–३७ रन बनाए ।
वेस्ट इन्डिजका लागि जेडन सिल्सले ९ ओभरमा ८४ रन खर्चेर ४ विकेट लिए । अल्जारी जोसेफ र जस्टिन ग्रिभेसले २–२ विकेट हात पारे ।
जितसँगै इंग्ल्याण्डले ३ खेलको शृङ्खलामा १–० को अग्रता बनाएको छ । अब दोस्रो खेल कार्डिफमा आइतबार खेलिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण