जनप्रतिनिधिले नागरिकको अपेक्षाअनुसार काम गर्नुपर्छ : सिटौला

समाचार सारांश
- कांग्रेस नेता सिटौलाले जनप्रतिनिधिलाई नागरिकका अपेक्षा अनुसार काम गर्न र जवाफदेहिताका साथ नागरिक अधिकारका लागि काम गर्न आग्रह गरे।
- दोलखामा आयोजित प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै उनले आर्थिक समृद्धिका लागि काम गर्नुपर्नेमा जोड दिए।
- बागमती प्रदेशका मन्त्रीहरूले खेलकुद बजेट वृद्धि गर्ने र ग्रामीण क्षेत्रसम्म खेलकुद गतिविधि विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे।
दोलखा । नेपाली कांग्रेस राष्ट्रियसभाका संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले जनप्रतिनिधिले नागरिकका अपेक्षा अनुसार काम गर्नुपर्ने बताएका छन् । उनले जनप्रतिनिधिले जिम्मेवार र जवाफदेहितासहित नागरिक हक अधिकारका लागि काम गर्नुपर्ने बताए ।
दोलखामा प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै नेता सिटौलाले जनप्रतिनिधि नागरिक प्रति जिम्मेवार बन्दै आर्थिक समृद्धिमा अघि बढ्नुपर्नेमा जोड दिए । सरकारले आफ्ना कार्यक्रम विकेन्द्रीकरण गर्नुपर्ने बताउँदै उनले सङ्घीयता पछिका विकास, नागरिकका सेवा र सहजताका विषयमा समीक्षा गर्नुपर्ने बताए । जनताका अधिकार, आर्थिक समृद्धिका लागि कानुनी र व्यवहारिकतामा सुधार गर्नुपर्नेमा उनको जोड थियो ।
नेपालले खेलकुद क्षेत्रमा राम्रो नतिजासहित राष्ट्रको गरिमा बढाएको उनको भनाई छ । खेलकुदको अनुशासन जस्तै राजनीतिमा पनि अनुशासन हुन जरुरी रहेको उनले बताए ।
कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले खेलकुदको बजेट दोब्बर बनाउने बताए । खेलकुद क्षेत्रलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको उनले बताए । प्रदेश सरकारले सहर केन्द्रित खेलकुदका गतिविधि ग्रामीण क्षेत्रसम्म पुर्याउने काम गरेको समेत उनले बताए । नागरिकका समस्या हल गर्न र विकास निर्माणका काममा प्रदेश सरकार प्रतिबद्ध रहेको मन्त्री काफ्लेको भनाई छ । युवा खेलाडीका विषयमा सरकारले प्राथमिकताका साथ आर्थिक उपार्जनमा जोड्ने गरी काम अघि बढाएको समेत उनले बताए ।
कार्यक्रममा प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले खेलकुदका संरचना निर्माणलाई गुणस्तर कायम गर्दै खेलकुदका गतिविधि सञ्चालनमा सरकारले जोड दिइरहेको बताए । खेलकुदको हबको रूपमा रहेको बागमती प्रदेशमा खेलकुदका संरचना अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण गर्ने समेत उनले बताए ।
प्रतियोगिता आगामी १९ गतेसम्म सञ्चालन हुनेछ भने ६ विधाका खेल हुनेछन् । प्रतियोगितामा एथ्लेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराँते र उस्सुका खेलहरु हुने प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा १३ जिल्लाबाट प्रति जिल्ला ११३ जना खेलाडी सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुम्लामा दुई वटा सबस्टेसन निर्माण हुँदै
-
आईपीएल क्वालिफायर–२ः पञ्जाबको शानदार जित, उपाधीकालागि बेंगलुरुसँग भिड्ने
-
विदेशको कमाइ छाडेर कृषिमा रमाउनुभएका देउकुमार
-
अकबरे खुर्सानीको मूल्य प्रतिकिलो एक हजार !
-
रमेश प्रसाईंको गीतमा बालबालिकाको उज्यालो सपना (भिडियो)
-
१२ बजे १२ समाचार: आन्दोलन घोषणादेखि गृहमन्त्रीको राजीनामाबारे प्रतिपक्ष दलभित्रै मतभेदसम्म