गभर्नर नियुक्तिविरुद्धको रिटमा आज अन्तरिम आदेशका लागि सुनुवाइ
सारांश
- डा. विश्वनाथ पौडेलको नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदैछ।
- अधिवक्ताहरूले पौडेलको नियुक्तिलाई सार्वजनिक पदको मापदण्ड विपरीत भएको भन्दै रिट दायर गरेका छन्।
- सर्वोच्च अदालतले यसअघि मापदण्ड संशोधन कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो र गभर्नरको नियुक्ति बदरको माग गरिएको छ।
काठमाडौँ । अर्थविद् डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्ति गर्ने निर्णयविरुद्धको रिटमा आज अन्तरिम आदेशका लागि सुनुवाइ हुँदै छ ।
गत जेठ १२ गते पौडेलको नियुक्तिविरुद्ध अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिट अधिवक्तात्रयले दायर गरेको सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयनसम्बन्धी मापदण्ड, २०७३ संशोधनविरुद्धको रिटसँगै राखिएको छ । गत वैशाख २ गते सो मापदण्ड संशोधन तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश जारी गरेको थियो ।
गभर्नर नियुक्तिविरुद्धको रिटमा सर्वोच्चले जेठ १४ गते कारण देखाऊ आदेश जारी गर्दै दुवै पक्षलाई अन्तरिम आदेशका लागि छलफलका लागि बोलाउने आदेश गरेको थियो ।
गभर्नर पौडेलविरुद्धको रिटमा नेपाल राष्ट्र बैंक ऐन २०५८ ले अनिवार्य गरेको विज्ञतासमेत नभएको व्यक्तिलाई गभर्नरमा नियुक्ति गरिएको दाबी गरिएको छ । पौडेलको नियुक्ति बदरको मागसहित तत्काल नोटमा हस्ताक्षर रोक लगाउन अन्तरिम आदेशको माग अधिवक्तात्रयले गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण