बिहीबार, २२ जेठ २०८२
ताजा लोकप्रिय

गभर्नर नियुक्तिविरुद्धको रिटमा आज अन्तरिम आदेशका लागि सुनुवाइ

मङ्गलबार, २० जेठ २०८२, ०९ : ०९
मङ्गलबार, २० जेठ २०८२

समाचार सारांश

  • डा. विश्वनाथ पौडेलको नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदैछ।
  • अधिवक्ताहरूले पौडेलको नियुक्तिलाई सार्वजनिक पदको मापदण्ड विपरीत भएको भन्दै रिट दायर गरेका छन्।
  • सर्वोच्च अदालतले यसअघि मापदण्ड संशोधन कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो र गभर्नरको नियुक्ति बदरको माग गरिएको छ।

काठमाडौँ । अर्थविद् डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्ति गर्ने निर्णयविरुद्धको रिटमा आज अन्तरिम आदेशका लागि सुनुवाइ हुँदै छ । 

गत जेठ १२ गते पौडेलको नियुक्तिविरुद्ध अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिट अधिवक्तात्रयले दायर गरेको सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयनसम्बन्धी मापदण्ड, २०७३ संशोधनविरुद्धको रिटसँगै  राखिएको छ । गत वैशाख २ गते सो मापदण्ड संशोधन तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश जारी गरेको थियो ।

गभर्नर नियुक्तिविरुद्धको रिटमा सर्वोच्चले जेठ १४ गते कारण देखाऊ आदेश जारी गर्दै दुवै पक्षलाई अन्तरिम आदेशका लागि छलफलका लागि बोलाउने आदेश गरेको थियो ।

गभर्नर पौडेलविरुद्धको रिटमा नेपाल राष्ट्र बैंक ऐन २०५८ ले अनिवार्य गरेको विज्ञतासमेत नभएको व्यक्तिलाई गभर्नरमा  नियुक्ति गरिएको दाबी गरिएको छ । पौडेलको नियुक्ति बदरको मागसहित तत्काल नोटमा हस्ताक्षर रोक लगाउन अन्तरिम आदेशको माग अधिवक्तात्रयले गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?