पूर्वसभामुख सापकोटाविरुद्धको मुद्दामा सुनुवाइ सकियो
सारांश
- पूर्व सभामुख अग्नि सापकोटाविरुद्धको रिटमा सुनुवाइ सकियो। उनीमाथि माओवादी सशस्त्र विद्रोहको समयमा काभ्रेका अर्जुन लामाको हत्या आरोप लागेको छ।
- संवैधानिक इजलासमा सुनुवाइ हुँदा सापकोटाको तर्फबाट वरिष्ठ अधिवक्ताहरूले बहस गरे। यसअघि निवेदकको तर्फबाट पनि बहस भएको थियो।
- २०६९ सालमा लामाको हत्या आरोपमा सापकोटासहितका नेताहरूमाथि अनुसन्धान हुनुपर्ने माग गर्दै रिट दायर भएको थियो।
काठमाडौँ । पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा विरुद्धको रिटमा सुनुवाइ सकिएको छ । माओवादी सशस्त्र विद्रोहको समयमा भएको काभ्रेका अर्जुन लामाको हत्या आरोपमा लामाकी श्रीमती पूर्णिमाया र मानवअधिकारकर्मीले सापकोटाविरुद्ध १३ वर्षअघि रिट दायर गरेका थिए ।
प्रधानन्यायाधीश प्रकाशमान सिंहसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडालको संवैधानिक इजलासमा सुनुवाइ भएको हो । आज सापकोटाको तर्फबाट वरिष्ठ अधिवक्ताहरू रमनकुमार श्रेष्ठ, दिनमणि पोखरेल र मुक्तिनारायण प्रधानले बहस गरेका हुन् ।
यसअघि निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्याललगायतले बहस गरेका थिए । २०६९ मङ्सिरमा काभ्रेका लामाको हत्या आरोपमा सापकोटासहितका नेताहरूमाथि अनुसन्धान हुनुपर्ने भन्दै उनकी श्रीमती पूर्णिमायाले सापकोटासहित माओवादी कार्यकर्ताहरु विरुद्ध किटानी जाहेरी दिएकी थिइन् । तर लामो समयसम्म प्रहरीले किटानी जाहेरी नै लिन मानेन ।
सर्वोच्च अदालतको आदेशपछि २०६९ मङ्सिरमा सापकोटासहित माओवादी नेताहरु विरुद्ध रिटा दायर भएको थियो । सर्वोच्चमा सापकोटाविरुद्ध तीनवटा रिट निवेदन रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण