सरकारले दिएका तालिमले अहिलेसम्म सार्थकता पाउन सकेन : मुख्यमन्त्री लामा
सारांश
- बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सरकारले दिएको तालिम प्रभावकारी नभएको बताए।
- सीप सिकेकाहरुको तथ्यांक राख्नुपर्ने र तालिमप्राप्त जनशक्तिको अवस्थाबारे जानकारी हुनुपर्ने उनको भनाइ छ।
- मुख्यमन्त्री लामाले तालिम दिने तरिका र प्रणालीमा सुधारको आवश्यकता औंल्याए।
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सरकारले विभिन्न समयमा दिइरहेको तालिमले अहिलेसम्म सार्थकता पाउन नसकेको बताएका छन् । काठमाडौँ महानगरपालिकाद्वारा आयोजित सीप मेला २०८२ को अवलोकनका क्रममा मुख्यमन्त्री लामाले सीप सिकेकाहरुलाई प्रमाणपत्र दिने र उनीहरू कहाँ के गर्दैछन् भनेर डाटा राख्नुपर्ने बताएका हुन् ।
उनले सङ्ख्या तोकेरै तालिम दिइयो भने पनि सिस्टम नबनाइँदा तालिम प्राप्त जनशक्ति कहाँ छन् र के गरिरहेका छन् भन्ने थाहा पाउन नसकिने अवस्था रहेको स्पष्ट पारे । सीटीइभीटीको अवधारणाअनुसार तालिम लिएकाहरूलाई प्रमाणपत्र दिने, तालिम प्राप्त व्यक्तिहरू कहाँ कहाँ छन् भन्ने जानकारी राख्नका लागि डाटा राख्नुपर्ने उनको भनाइ थियो । मुख्यमन्त्री लामाले सिस्टम नहुँदा तालिमप्राप्त व्यक्तिका बारेमा जानकारी नभए पनि तालिम लिएकाहरू पनि उत्तरदायी बन्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘पहिला पहिला मन्त्रालय/मन्त्रालयले तालिम दिने गरेको थियो । तालिमहरू त दियो तर सिलाइ बुनाइको मात्र सुनेको थिएँ । अहिले पनि सिलाइ बुनाइको तालिम हुन्छ । तर, त्यो तालिम सरकारले धेरै देखिएको छ । सरकारले दिएको तालिमले अहिलेसम्म सार्थकता पाएको छैन ।’
उनले राज्य र सरकारलाई जानकारी हुने गरी व्यक्तिगत डाटा सिस्टमको विकास गर्ने हो भने भ्रष्टाचार पनि नियन्त्रण गर्न सकिने दाबी गरे । -न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण