सोमबार, २६ जेठ २०८२
ताजा लोकप्रिय
अपडेट

छानबिन समिति गठन नभएसम्म संसद् सञ्चालन हुन नदिने विपक्षीको अडान कायमै

सोमबार, २६ जेठ २०८२, १३ : १५
सोमबार, २६ जेठ २०८२

समाचार सारांश

  • विपक्षी दलहरूले भिजिट भिसा प्रकरणको छानबिनका लागि समिति गठन नभएसम्म संसद अवरुद्ध गर्ने निर्णय लिएका छन्।
  • सोमबार बसेको विपक्षी दलको बैठकले पुरानै रणनीतिलाई निरन्तरता दिने निर्णय गरेको छ, जसमा कांग्रेसको समर्थन नभएको आरोप छ।
  • विपक्षी दलहरूले भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिनका लागि संसदीय समिति आवश्यक रहेको जनाएका छन्, जसका कारण संसद बैठक अनिश्चित बनेको छ।

काठमाडौँ  । सत्तापक्ष भिजिट भिसा  प्रकरणको छानबिनका लागि समिति गठन गर्न तयार नभएसम्म विपक्षी दलले संसदको अवरोध कायमै राख्ने भएका छन् ।  

सोमबार संसद् भवन नयाँ बानेश्वरमा बसेको विपक्षी दलको बैठकमा संसद् अवरुद्ध गर्ने रणनीति यथावत् राख्ने निर्णय भएको नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले जानकारी दिए । 

 दाहालले सोमबार संसद् बैठकअघि छानबिन समितिको मागबारे विपक्षी दलहरूको साझा धारणा कायम छलफल भएको र समिति गठन नभएसम्म संसदको अवरोध कायमै राख्ने निर्णय भएको जानकारी दिए । 

उनका अनुसार, भिजिट भिसा प्रकरणको निष्पक्ष र पारदर्शी छानबिनका लागि संसदीय समिति आवश्यक रहेको विपक्षीको अडान परिवर्तन भएको छैन।

विपक्षी दलले कांग्रेससँग पनि यसबारे छलफल गरेको थियो । तर आफूहरूको मागमा कांग्रेस समेत तयार नभएको विपक्षीको आरोप छ ।

यससँगै आज दिउँसो २ बस्ने तय भएको संसद् बैठक पनि अनिश्चित देखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप