छानबिन समिति गठन नभएसम्म संसद् सञ्चालन हुन नदिने विपक्षीको अडान कायमै
सारांश
- विपक्षी दलहरूले भिजिट भिसा प्रकरणको छानबिनका लागि समिति गठन नभएसम्म संसद अवरुद्ध गर्ने निर्णय लिएका छन्।
- सोमबार बसेको विपक्षी दलको बैठकले पुरानै रणनीतिलाई निरन्तरता दिने निर्णय गरेको छ, जसमा कांग्रेसको समर्थन नभएको आरोप छ।
- विपक्षी दलहरूले भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिनका लागि संसदीय समिति आवश्यक रहेको जनाएका छन्, जसका कारण संसद बैठक अनिश्चित बनेको छ।
काठमाडौँ । सत्तापक्ष भिजिट भिसा प्रकरणको छानबिनका लागि समिति गठन गर्न तयार नभएसम्म विपक्षी दलले संसदको अवरोध कायमै राख्ने भएका छन् ।
सोमबार संसद् भवन नयाँ बानेश्वरमा बसेको विपक्षी दलको बैठकमा संसद् अवरुद्ध गर्ने रणनीति यथावत् राख्ने निर्णय भएको नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले जानकारी दिए ।
दाहालले सोमबार संसद् बैठकअघि छानबिन समितिको मागबारे विपक्षी दलहरूको साझा धारणा कायम छलफल भएको र समिति गठन नभएसम्म संसदको अवरोध कायमै राख्ने निर्णय भएको जानकारी दिए ।
उनका अनुसार, भिजिट भिसा प्रकरणको निष्पक्ष र पारदर्शी छानबिनका लागि संसदीय समिति आवश्यक रहेको विपक्षीको अडान परिवर्तन भएको छैन।
विपक्षी दलले कांग्रेससँग पनि यसबारे छलफल गरेको थियो । तर आफूहरूको मागमा कांग्रेस समेत तयार नभएको विपक्षीको आरोप छ ।
यससँगै आज दिउँसो २ बस्ने तय भएको संसद् बैठक पनि अनिश्चित देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण