सोमबार, २६ जेठ २०८२
ताजा लोकप्रिय
राजनीति

अदालतको मानहानी हुने गरी कारबाही अगाडि नबढाउन निर्वाचन आयोगलाई नेसपाको पत्राचार

सोमबार, २६ जेठ २०८२, १४ : १३
सोमबार, २६ जेठ २०८२

समाचार सारांश

  • नेपाल समाजवादी पार्टी (नेसपा) ले निर्वाचन आयोगलाई अदालतको मानहानि हुने कुनै पत्राचार नगर्ने जानकारी गरायो।
  • आयोगले नेसपालाई नयाँ शक्ति पार्टीको लेटर हेड र चिन्ह प्रयोग नगर्न सचेत गराएको थियो।
  • नेसपाले २०७८ वैशाखमा दल दर्ता गरेको र नाम परिवर्तन गरी पार्टी दर्ता भएको स्पष्ट पारेको छ।

काठमाडौँ । महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले अदालतको मानहानी हुने गरी कुनै पत्राचार र कारबाही नगर्न निर्वाचन आयोगलाई जानकारी गराएको छ । नेसपा (नयाँ शक्ति) को लेटर हेड, चिन्ह दुरुपयोग नगर्न आयोगले नेसपालाई सचेत गराएको थियो ।

नेसपाले २०७८ वैशाख १५ गते आयोगमा दल दर्ता भएको र सोही आधारमा आयोगले साउन १२ गते नाम परिवर्तन गरी नेपाल समाजवादी पार्टी दर्ता भएको स्पष्ट पारेको छ । आयोगमा दल दर्ता हुँदा नयाँ शक्ति नभएको हुँदा कारबाही अगाडि नबढाउन नेसपाले जानकारी गराएको हो । 

‘निर्वाचन आयोग नेपालको मिति २०७८/१/१५ को निर्णय अनुसार दल दर्ता नं १८२ बाट समावेशी लोकतान्त्रिक पार्टी दर्ता भएको थियो । आयोगको मिति २०७९।०४।१२ को निर्णयअनुसार नाम परिवर्तन भई नेपाल समाजवादी पार्टी दर्ता भएको हो। 

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) होइन’, जानकारी पत्रमा भनिएको छ । साथै नेपाल समाजवादी पार्टीको पदाधिकारीसम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको आयोगलाई जानकारी गराएको छ ।

nesapa

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप