अदालतको मानहानी हुने गरी कारबाही अगाडि नबढाउन निर्वाचन आयोगलाई नेसपाको पत्राचार
सारांश
- नेपाल समाजवादी पार्टी (नेसपा) ले निर्वाचन आयोगलाई अदालतको मानहानि हुने कुनै पत्राचार नगर्ने जानकारी गरायो।
- आयोगले नेसपालाई नयाँ शक्ति पार्टीको लेटर हेड र चिन्ह प्रयोग नगर्न सचेत गराएको थियो।
- नेसपाले २०७८ वैशाखमा दल दर्ता गरेको र नाम परिवर्तन गरी पार्टी दर्ता भएको स्पष्ट पारेको छ।
काठमाडौँ । महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले अदालतको मानहानी हुने गरी कुनै पत्राचार र कारबाही नगर्न निर्वाचन आयोगलाई जानकारी गराएको छ । नेसपा (नयाँ शक्ति) को लेटर हेड, चिन्ह दुरुपयोग नगर्न आयोगले नेसपालाई सचेत गराएको थियो ।
नेसपाले २०७८ वैशाख १५ गते आयोगमा दल दर्ता भएको र सोही आधारमा आयोगले साउन १२ गते नाम परिवर्तन गरी नेपाल समाजवादी पार्टी दर्ता भएको स्पष्ट पारेको छ । आयोगमा दल दर्ता हुँदा नयाँ शक्ति नभएको हुँदा कारबाही अगाडि नबढाउन नेसपाले जानकारी गराएको हो ।
‘निर्वाचन आयोग नेपालको मिति २०७८/१/१५ को निर्णय अनुसार दल दर्ता नं १८२ बाट समावेशी लोकतान्त्रिक पार्टी दर्ता भएको थियो । आयोगको मिति २०७९।०४।१२ को निर्णयअनुसार नाम परिवर्तन भई नेपाल समाजवादी पार्टी दर्ता भएको हो।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) होइन’, जानकारी पत्रमा भनिएको छ । साथै नेपाल समाजवादी पार्टीको पदाधिकारीसम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको आयोगलाई जानकारी गराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण