मार्गप्रशस्त गरेर छानबिनमा सहयोग गर्न गृहमन्त्रीलाई माओवादीको सुझाव

समाचार सारांश
- माओवादी केन्द्रले भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिनका लागि गृहमन्त्री रमेश लेखकलाई मार्गप्रशस्त गर्न सुझाव दिएको छ।
- सांसद सुरेश आले मगरले गृहमन्त्री पदमा बहाल रहुन्जेल निष्पक्ष छानबिन नहुने जिकिर गरे।
- सांसद कृष्णप्रसाद पौडेलले भारतमा कोरोना बढेकाले सीमामा स्वास्थ्य परीक्षण बढाउन आग्रह गरे।
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिनका लागि मार्गप्रशस्त गर्न गृहमन्त्री रमेश लेखकलाई सुझाव दिएको छ ।
राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा माओवादी केन्द्रका सांसद सुरेश आले मगरले गृहमन्त्री पदमा बहाल रहुन्जेल मातहतको निकायले निष्पक्ष छानबिन गर्न नसक्ने जिकिर गरे ।
“गृहमन्त्रीले बदमासी गर्नुभएको छैन भन्ने हाम्रो पनि विश्वास हो, तर व्यवहार र तथ्यले त्यसको पुष्टि गर्दैन, गृहमन्त्रीले आफू नैतिकवान् र इमान्दार रहेको प्रमाणित गर्न पनि मार्ग प्रशस्त गर्नुपर्छ । छानबिनका लागि तयार हुनुपर्छ”, सांसद आले मगरले भने। उनले विगतमा पनि विभिन्न प्रकरणमा मुछिएका कर्मचारीलाई विमानस्थल अध्यागमनजस्तो महत्त्वपूर्ण जिम्मेवारी किन दिइयो भनी प्रश्न गरे ।
सभाको शून्य समयमा सांसद कृष्णप्रसाद पौडेलले पछिल्लो समय छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण बढिरहेकाले सीमावर्ती नाकामा स्वास्थ्य परीक्षण र निगरानीलाई थप प्रभावकारी बनाउन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लम्पी स्किन र अफ्रिकन स्वाइन फिभरको अवस्था पत्ता लगाउन टोली परिचालन
-
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ८औं वार्षिक साधारण सभा सम्पन्न, ८.४२१ प्रतिशत लाभांश पारित
-
सुकुमबासी बस्तीमा खानेपानीको माग गर्दै आजपाले बुझायो खानेपानी कार्यालयमा ज्ञापनपत्र
-
प्राध्यापक चलाउनेमाथि भएको आक्रमणसम्बन्धी मुद्दामा सर्वोच्चले मगायो मिसिल कागज
-
सङ्घीय अस्पतालहरूमा दुई हजार बढी स्वास्थ्य जनशक्ति थप्ने स्वास्थ्य मन्त्रालयकाे तयारी
-
प्रधानमन्त्रीसँग काठमाडौँ–तराई मधेस द्रुतमार्ग सुरु विन्दुको समस्याबारे छलफल