नयाँ नेतृत्व चयनका लागि अनेरास्ववियुमा आज मतदान
सारांश
- कीर्तिपुरस्थित त्रिवि विश्वविद्यालयमा अनेरास्ववियुको २४औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ।
- निर्वाचन कमिटीले बिहान ८ बजेदेखि मतदान सुरु हुने कार्यतालिका सार्वजनिक गरेको छ, जसमा ४५ वटा विद्युतीय भोटिङ मेसिन प्रयोग हुनेछन्।
- अध्यक्ष पदका लागि डा. सुजन कडरिया र प्रकाश पौडेलबीच प्रतिस्पर्धा हुँदैछ, जसमा १५ सयभन्दा बढी महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्।
काठमाडौँ। किर्तिपुरस्थित त्रिवीभुवन विश्वविद्यालयमा जारी अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनको लागि आज (बिहीबार) मतदान हुँदै छ।
निर्वाचन कमिटीले प्रकाशन गरेको कार्यतालिका अनुसार आज ८ बजेदेखि मतदान हुने लागेको हो ।
मतदानका लागि ४५ वटा विद्युतीय भोटिङ मेसिन प्रयोग हुने भएको छ । राम लक्ष्मण इनोभेसनका विद्युतीय भोटिङ मेसिनको प्रयोग गरेर बिहान ८ बजेदेखि मतदान हुनेछ । आयोजक कार्यालय सदस्य मदन विष्टले ४५ वटा भोटिङ मेसिनमार्फत मतदान हुने र मतदान सकिएको केही समयमै मत परिणाम आउने बताए।
निर्वाचन कमिटीले यसअघि बुधबार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिसकेको छ। कार्यतालिका अनुसार मतदानको काम सकिएपछि मतगणना, निर्वाचन परिणामको घोषणा, प्रमाणपत्र वितरण र शपथ ग्रहणको कार्यतालिका रहेको छ ।
नयाँ नेतृत्वका लागि देशभरबाट आएका १५ सय भन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्नेछन् ।
अनेरास्ववियुको अध्यक्षका लागी डाक्टर सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी दिएका छन् । कडरियाको प्यानलबाट दिपक धामी र पौडेलको प्यानलबाट आरके रोमस महासचिवमा भिड्दै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण