तस्बिरमा हेर्नुहोस् अनेरास्ववियुको निर्वाचन माहोल
सारांश
- अनेरास्ववियुको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ, चुनावी माहोल सुरु भइसकेको छ। उम्मेदवारहरूले मतदातासँग मत मागिरहेका छन्।
- निर्वाचन बिहान ८ देखि अपराह्न ४ बजेसम्म हुने कार्यतालिका रहेको छ, तर मतदान सुरु भइसकेको छैन। मतदान विद्युतीय मेसिनबाट हुनेछ।
- प्रकाश पौडेल र डा सुजन कडरियाले नेतृत्वका लागि उम्मेदवारी दिएका छन् भने अन्य पदका लागि पनि उम्मेदवारी परेको छ।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै छ । महाधिवेशन स्थलमा चुनावी माहोल सुरु भएको छ । उम्मेदवारहरू मतदातासँग मत मागिरहेका छन् ।
बिहान ८ देखि अपराह्न ४ बजेसम्म निर्वाचन हुने कार्यतालिका रहे पनि मतदान सुरु भइसकेको छैन । मतदान विद्युतीय मेसिनबाट हुनेछ ।
२४औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि प्रकाश पौडेल र डा सुजन कडरियाले उम्मेदवारी दिएका छन् । एकजना खुला उपाध्यक्षमा विकास श्रेष्ठ, राजकुमार ढकाल, भरतसिंह धामी, धर्मेन्द्र केसी, गणेशबहादुर शाहीले उम्मेदवारी दिएका छन् ।
यसैगरी, एक महिला उपाध्यक्षमा सुजिता धिताल, अञ्जना सिवाकोटी, भवानी बजगाईँ र आरती भट्टराईले उम्मेदवारी दिएका छन् । महासचिवमा आरके रोमश, दीपक धामी र सुनिल कँडेलले उम्मेदवारी दिएका छन्
महाधिवेशनमा करिब एक हजार ५४३ जना प्रतिनिधिले मतदान गर्नेछन् । हाल विभिन्न पदमा ५१९ जना उम्मेदवार भएकाले एक जनालाई कम्तीमा १५ देखि २० मिनेट मतदान गर्न समय लाग्ने जनाइएको छ ।
_LQi1FCAsfy.jpg)
_hcjuys1wkR.jpg)
_rcEq4tO5KP.jpg)
_y16W2lu0a7.jpg)
_CddlsRy8Cg.jpg)
_dSiCfvY4AL.jpg)
_ViUw0CRmJO.jpg)
_Cbluo8IEBm.jpg)
_DGKZhM9Son.jpg)
_WL5RvlJ3rv.jpg)
_qEwLmY59lK.jpg)
_JEgatGaS6P.jpg)
_Q1kjyExXtl.jpg)
_7kk2mAaayL.jpg)
_nNsMdINV3r.jpg)
_kcoGcfIiK8.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातापछि सगरमाथा आधार शिविर क्षेत्रबाट दावा शेर्पाको उद्धार, थप उपचारको लागि काठमाडौँ ल्याइयो (तस्बिरहरू)
-
अफगानिस्तानमा बारुदी सुरुङ विस्फोट : २ जना बालबालिकाको मृत्यु
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण