शुक्रबार, ३० जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फोटो फिचर

तस्बिरमा हेर्नुहोस् अनेरास्ववियुको निर्वाचन माहोल

बिहीबार, २९ जेठ २०८२, ०९ : १५
बिहीबार, २९ जेठ २०८२

समाचार सारांश

  • अनेरास्ववियुको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ, चुनावी माहोल सुरु भइसकेको छ। उम्मेदवारहरूले मतदातासँग मत मागिरहेका छन्।
  • निर्वाचन बिहान ८ देखि अपराह्न ४ बजेसम्म हुने कार्यतालिका रहेको छ, तर मतदान सुरु भइसकेको छैन। मतदान विद्युतीय मेसिनबाट हुनेछ।
  • प्रकाश पौडेल र डा सुजन कडरियाले नेतृत्वका लागि उम्मेदवारी दिएका छन् भने अन्य पदका लागि पनि उम्मेदवारी परेको छ।

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै छ । महाधिवेशन स्थलमा चुनावी माहोल सुरु भएको छ । उम्मेदवारहरू मतदातासँग मत मागिरहेका छन् । 

बिहान ८ देखि अपराह्न ४ बजेसम्म निर्वाचन हुने कार्यतालिका रहे पनि मतदान सुरु भइसकेको छैन ।  मतदान विद्युतीय मेसिनबाट हुनेछ । 

२४औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि प्रकाश पौडेल र डा सुजन कडरियाले उम्मेदवारी दिएका छन् । एकजना खुला उपाध्यक्षमा विकास श्रेष्ठ, राजकुमार ढकाल, भरतसिंह धामी, धर्मेन्द्र केसी, गणेशबहादुर शाहीले उम्मेदवारी दिएका छन् । 

यसैगरी, एक महिला उपाध्यक्षमा सुजिता धिताल, अञ्जना सिवाकोटी, भवानी बजगाईँ र आरती भट्टराईले उम्मेदवारी दिएका छन् । महासचिवमा आरके रोमश, दीपक धामी र सुनिल कँडेलले उम्मेदवारी दिएका छन्

महाधिवेशनमा करिब एक हजार ५४३ जना प्रतिनिधिले मतदान गर्नेछन् । हाल विभिन्न पदमा ५१९ जना उम्मेदवार भएकाले एक जनालाई कम्तीमा १५ देखि २० मिनेट मतदान गर्न  समय लाग्ने जनाइएको छ । 

 

student elecation uml (2)student elecation uml (3)student elecation uml (4)student elecation uml (5)student elecation uml (6)student elecation uml (7)student elecation uml (8)student elecation uml (9)student elecation uml (10)student elecation uml (11)student elecation uml (12)student elecation uml (13)student elecation uml (14)student elecation uml (15)student elecation uml (16)student elecation uml (17)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप