शुक्रबार, ३० जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विमान दुर्घटनापछि भारतीय प्रधानमन्त्री मोदीले के भने ?

बिहीबार, २९ जेठ २०८२, १६ : ४९
बिहीबार, २९ जेठ २०८२

समाचार सारांश

  • प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदाबाद विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै समवेदना प्रकट गर्नुभयो।
  • एयर इन्डियाको विमान अहमदाबादबाट गेटविक जाँदै गर्दा दुर्घटनाग्रस्त भएको थियो।
  • प्रधानमन्त्री मोदीले दुर्घटनाबाट प्रभावितहरुलाई सहयोग गर्न मन्त्री र अधिकारीहरूसँग सम्पर्कमा रहेको बताउनुभयो।

नयाँ दिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदाबादमा भएको विमान दुर्घटनाले सबैजना स्तब्ध र दुःखी भएको बताएका छन्।

उनले लेखेका छन्, ‘यो हृदयविदारक छ र शब्दमा व्यक्त गर्न सकिँदैन। यस दुःखको घडीमा, यसबाट प्रभावित सबैप्रति मेरो समवेदना छ। म दुर्घटनाबाट प्रभावितहरूलाई सहयोग गर्न संलग्न मन्त्रीहरू र अधिकारीहरूसँग सम्पर्कमा छु।’

बिहीबार दिउँसो एयर इन्डियाको विमान उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त भएको थियो। विमान अहमदाबादबाट गेटविक जाँदै थियो।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप